मेस्सीले फुटबलबाट सन्यास लिने

काठमाडौं। कतार विश्वकपमा आइतबार हुने फाइनल खेलबाट अर्जेन्टिनि सुपरस्टार लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने तयारी गरेका छन् ।

कतारको लुसेल रंगशालामा बुधबार बिहान भएको खेलमा अजेन्टिनाले क्रोएसियालाई ३-० गोलअन्तरले हराउँदै फाइनल प्रवेश गरेपछि मेस्सीले फुटबलबाट सन्यास लिने संकेत गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मेस्सीले अर्जेन्टिनाको मिडिया आउटलेट डायरियो डेपोर्टिभो ओलेसँग कुरा गर्दै भने, ‘यो उपलब्धि हासिल गर्न पाउँदा, फाइनलमा आफ्नो अन्तिम खेल खेलेर मेरो विश्वकप यात्रा पूरा गर्न पाउँदा म धेरै खुसी छु ।’

‘अर्कोको लागि धेरै वर्ष लाग्छ र मलाई लाग्दैन कि म यो गर्न सक्षम हुनेछु । र यसरी समाप्त गर्नु सबैभन्दा राम्रो हो ।’ मेस्सीले भनेका छन् ।

अर्जेन्टिना ८ वर्ष पछि विश्वकपको फाइनलमा प्रवेश गरेको हो । यसअघि अर्जेन्टिना सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको फाइनलमा जर्मनीसँग पराजित भएको थियो ।

अर्जेन्टिनाले हालसम्म ५ वटा विश्वकपको फाइनल खेल खेल्दा दुई पटक मात्र विश्वकप जितेको छ ।

अर्जेन्टिनाले सन् १९३०, १९७८, १९८६, १९९० र २०१४ को विश्वकपको फाइनल खेल खेल्दा १९७८ र १९८६ मा मात्र उपाधी हात पार्न सफल बनेको छ । अर्जेन्टिनाले आइतबार हुने फाइनल खेलमा जित हात पारे तेस्रो पटक विश्वकपको उपाधी हात पार्ने छ ।

मेसीको कीर्तिमानमा क्रोएसियामाथि सहज जित निकाल्दै अर्जेन्टिना फाइनलमा

लियोनल मेसीले जर्मनीका लोथर म्याथुसको नाममा रहेको विश्वकपका सर्वाधिक खेल खेल्ने खेलाडीको कीर्तिमानसँग बराबरी गरेको खेलमा मंगलबार अर्जेन्टिनाले साविक उपविजेता क्रोएसियालाई ३–० ले हराउँदै कतारमा जारी फिफा विश्वकपको फाइनलमा स्थान बनाएको छ ।

यो खेलसँगै मेसीले यसअघि लोथरको नाममा रहेको विश्वकपमा २५ खेल खेलेको कीर्तिमानसँग बराबरी गरे । यसबाहेक मेसीले विश्वकपमा अर्जेन्टिनाबाट सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान पनि आफ्नो नाममा लेखाए । विश्वकपमा ११ गोल पुर्‍याएका मेसीले यसअघि बाटिस्टुटाको नाममा रहेको १० गोलको कीर्तिमान तोडेका हुन् ।

कतारको लुसैल रंगशालामा सम्पन्न खेलमा मेसी र युलियन आल्भारेज चम्किए । अर्जेन्टिनाको जितमा आल्भारेजले दुई गोल गर्दा मेसीले एक गोलसँगै दुई असिस्ट गरे । खेलको ३४ औँ मिनेटमा कप्तान लियोनल मेसीले पेनाल्टीमार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले आफ्नो १८ यार्ड बक्सभित्र अर्जेन्टिनाका फरवार्ड युलियन आल्भारेजमाथि फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो । जसमा मेसीले कुनै गल्ती गरेनन् ।

यसको पाँच मिनेटपछी नै अर्जेन्टिनाले अग्रता दोब्बर पार्‍यो । अर्जेन्टिनाका लागि आल्भारेजले अग्रता दोब्बर पारेका थिए । आल्भारेजले आफ्नो पेनाल्टी क्षेत्रबाट एक्लै बल अघि बढाउदै क्रोएसियाका पाँच रक्षकलाई कटाउदै उत्कृष्ट ‘सोलो’ गोल गरेका थिए ।

पहिलो हाफमा २–० को अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा एक गोल थप्यो । ६९ औँ मिनेटमा आल्भारेजले नै अर्जेन्टिनाको अग्रतालाई ३–० मा पुर्‍याए । मेसीले बक्सभित्रबाट निकालेको बललाई आल्भारेजले पहिलो टचमै पोस्टको दिशा दिए ।

विश्वकपको इतिहासमा अर्जेन्टिनाले सेमिफाइनल खेलमा हार बेहोरेको छैन । अर्जेन्टिना छैटौँपटक विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।

अर्जेन्टिना सन् २०१४ पछि विश्वकपको फाइनलमा प्रवेश गरेको हो । ब्राजिलमा सम्पन्न उक्त विश्वकपको फाइनलमा जर्मनीसँग १–० ले पराजित भएपछि अर्जेन्टिनाले उपविजेतामा चिन्त बुझाएको थियो ।

क्रोएसियालाई हराएसँगै अर्जेन्टिनाले अब उपाधिका लागि फ्रान्स र मोरक्कोबीचको विजेतासँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *