काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले साढे ७ लाख जरिवाना मिनाहाको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित शाहले तोकिएको समयमा खर्च विवरण बुझाएका थिएनन् ।
तोकिएको समयमा खर्च विवरण नबुझाएको भन्दै आयोगले शाहलाई साढे ७ लाख रुपैयाँ जरिवाना तोकेको थियो ।जरिवाना ६ महिनाभित्र नबुझाएमा महानगर प्रमुखको पद नै खारेज हुने भएकाले शाहले आयोगमा जरिवाना मिनाहाको निवेदन दिएका हुन् ।
निर्वाचन सम्पन्न गराएकामा सरकारलाई आयोगको धन्यवाद
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गराउने ऐतिहासिक कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेकामा तीनै तहका सरकारलाई धन्यवाद ज्ञापन गरेको छ ।
आयोगले आज विज्ञप्ति जारी गरी निर्वाचन सम्पन्न गराउने ऐतिहासिक कार्यमा संलग्न भई महत्वपूर्ण भूमिका निर्वाह गर्ने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह,
मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय, स्थानीय प्रशासन, निर्वाचनमा संलग्न कर्मचारी तथा सुरक्षाकर्मी, राजनीतिक दल, उम्मेदवारलगायतलाई धन्यवाद दिएको हो ।
आयोगले निर्वाचनमा भाग लिई मताधिकारको प्रयोग गर्ने सम्पूर्ण मतदाताप्रति आभार प्रकट गरेको छ ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सूचना, सञ्चार र समाचारमार्फत निरन्तर सकारात्मक खबरदारी गर्ने,
मतदातालाई सुसूचित गरी निर्वाचनको कार्यमा सरिक हुन प्रेरित गर्ने तथा निर्वाचनका गतिविधिहरूको निरन्तर रिपोर्टिङ गर्ने आमसञ्चारमाध्यम एवं सञ्चारकर्मीप्रति आयोगले विशेष धन्यवाद ज्ञापन गरेको छ ।