जापान सरकारले कांग्रेस नेता रामचन्द्र पौडेललाई राजकीय सम्मान गर्दै

काठमाडौं। नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई जापान सरकारले उच्च राजकीय सम्मान प्रदान गर्न लागेको छ । सन् २०२० अप्रिल २९ मा घोषणा भएको उक्त सम्मान पौडेललाई आज यहाँस्थित जापानी दुतावासले उनकै निवासमा विशेष कार्यक्रम गरी प्रदान गर्न लागेको जनाएको छ ।

जापानी सम्राट मेइजिले सुरु गरेको राजकीय सम्मान ‘अर्डर अफ द राईजिङ सन’ आज अपराह्न ३ बजे वरिष्ठ नेता पौडेले ग्रहण गनेृछन्।

विश्वका विशिष्ट व्यक्तिहरुलाई वर्षको दुई पटक प्रदान गरिने यस सम्मान घोषणामा नेता पौडेल र माइक्रोसफ्टका संस्थापक विल गेट्स थिए।

नेता पौडेललाई विशेषतः पूर्व सभामुखको हैसियतमा दुई देशबीचका सांसदबीचको सम्पर्कलाई सक्रिय बनाउन र त्यसपछि नेपाल–जापान सम्बन्ध सृदृढमा गर्नुभएको योगदानका लागि कदर गरिएको हो ।

नेता पौडेलले आफू सभामुख हुँदा सन् १९९९ मा नेपाल–जापान मैत्री संसदीय लिग स्थापना गर्नुका साथै त्यसको पहिलोे अध्यक्ष समेत रहेका थिए। उनी सन् २०१७ सम्म लिगको नेतृत्वमा रहनुका साथै द्विपक्षीय सम्बन्धको प्रवद्र्धनमा पनि सक्रिय रूपमा संलग्न थिए।

जापान र अन्य देशबीचको राजनीति र कूटनीति, अनुसन्धान र शिक्षा, चिकित्सा तथा समाज कल्याण, अर्थतन्त्र र उद्योग, संस्कृति र खेलकुद जस्ता क्षेत्रमा सम्बन्ध प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याउने विशिष्ट व्यक्तित्वलाई पनि यो सम्मान प्रदान गरिन्छ। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *