कतार विश्वकप २०२२ : गोल्डेन बुटको दौडमा मेस्सी अगाडि

काठमाडाैं । फ्रान्सका केलियन एम्बाप्पेले लगातार २ खेलमा गोल गर्न नसक्दा गोल्डेन बुटमा मेस्सीको सम्भावना बलियो बनेको छ। क्वार्टरफाइनलमा इंग्ल्याण्डविरुद्ध गोल नगरेका एम्बाप्पेले सेमिफाइनलमा मोरक्कोविरुद्ध पनि गोल र असिस्ट दुवै गर्न सकेनन्।

असिस्टका कारण गोल बराबरी भएपनि एम्बाप्पेलाई मेस्सीले पछि पारेका हुन्। एम्बाप्पे र मेस्सीले समान ५ गोल गरेका छन्। मेस्सीले ३ गोलमा असिस्ट गर्दा एम्बाप्पेले २ गोलमा मात्रै असिस्ट गरेका छन्।

गोल संख्या बराबरी भएमा असिस्ट जसको बढी छ उसैलाई गोल्डेनबुट प्रदान गरिनेछ। असिस्ट पनि बराबरी भएको अवस्थामा मात्रै दुई खेलाडीले खेलेको समयका आधारमा निर्णय गरिनेछ। खेल समय भने एम्बाप्पेको कम छ।

सबै खेलमा मेस्सीले पूरै समय मैदलानमा बिताएका छन्। तर एम्बाप्पले केही खेल पूरै समय खेलेका छैनन्। गोल र असिस्ट बराबरी भएको अवस्थामा कम खेल खेल्नेलाई गोल्डेन बुट प्रदान गरिन्छ।

यस्तै फ्रान्सका ओलिभर जिरुड र अर्जेन्टिनाका जुलियन अल्भारेजको पनि गोल्डेनबुट जित्ने सम्भावना कायम छ। यी दुवैले समान ४ गोल गरेका छन्।

अब आइतबार राति हुने फाइनल खेलबाट मात्रै गोल्डेन बुटको विजेताको टुंगो लाग्ने छ। तेस्रो स्थानका लागि मोरक्को र क्रोएसिया शनिबार राति भिड्नेछन्।

विश्वकप फुटबलमा तेस्रो स्थानका लागि मोरक्को र क्रोएसिया भिड्ने

विश्वकप फुटबल–२०२२ मा तेस्रो स्थानका लागि साबिक उपविजेता क्रोएसिया र अफ्रिकन राष्ट्र मोरक्को भिड्ने भएका छन्। यसअघि समूह चरणमा खेलेका यी टोलीले जारी विश्वकपमै दोस्रोपटक भेट हुने पक्का भएको हो।

मोरक्को सेमिफाइनलमा साबिक विजेता फ्रान्ससँग २–० ले पराजित भएपछि तेस्रो स्थानका लागि खेल्न लागेको हो। क्रोएसिया मंगलबार राति अर्जेन्टिनासँग ३–० ले पराजित भएको थियो। यसअघि समूह चरणमा गोलरहित बराबरी खेलेका थिए।

यी दुई टोलीको खेल शनिबार राति ८ः४५ बजे खालिफा इन्टरनेशनल स्टेडियममा हुनेछ। मोरक्को समूह विजेता र क्रोएसिया उपविजेता बन्दै नकआउटमा प्रवेश गरेका थिए।

अन्तिम १६ मा क्रोएसियाले जापानलाई र मोरक्कोले स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गरेका थिए। क्वार्टरफाइनलमा क्रोएसियाले ब्राजिललाई पेनाल्टी सुटआउटमै पराजित गर्दा मोरक्कोले पोर्चुगललाई १–० ले पराजित गरेको थियो।

उस्तै नतिजासहित सेमिफाइनलमा पुगेका दुई टोलीको यात्रा सेमिफाइनलबाट अगाडि बढ्न नसकेको हो। यसअघिको विश्वकपमा फाइनलमा पुगेको क्रोएसियाले पनि विश्वकपको उपाधि जित्न सकेको छैन। मोरक्को भने पहिलो पटक सेमिफाइनलमा पुगेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *