गायिका आस्था राउतलाई अमेरिका प्रवेशमा रोक, यस्ताे छ कारण

काठमाडौं । नेपालकी चर्चित गायिका आस्था राउतलाई अमेरिकी अध्यागमनले अमेरिका प्रवेशमा रोक लगाएको छ । अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा पेन्सिलभेनियाको लान कास्टरमा नेपाली समुदायले आयोजना गरेको

सांगीतिक कार्यक्रममा सहभागी हुन अमेरिका पुगेकी राउतलाई त्यहाँस्थित डालस अध्यागमनले नेपाल फिर्ता पठाएको हो । पर्यटक भिसामा सांगीतिक कार्यक्रम गर्न नपाइने भन्दै अमेरिकाले उनलाई अमेरिका प्रवेशमा रोक लगाइएको हो ।

‘गुञ्जन’ को फस्ट लुक्स सार्वजनिक

प्रदर्शन मिति नजिकिँदै गर्दा चलचित्र ‘गुञ्जन’को फस्ट लुक्स (पोष्टर) सार्वजनिक गरिएको छ । यो चलचित्र माघे सक्रान्तिको अबसर पारेर आगामी २९ पुसमा रिलिज गरिने निर्माण पक्षले जनाएको छ ।

मंगलबार सार्वजनिक गरिएको फस्ट लुक्समा अभिनेत्री सारा सिर्पाली र प्रितमराज सेन्चुरीलाई रोमान्टिक मुडमा राखिएको छ ।

यो चलचित्रमा सारा र प्रितमराजसँगै सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतका कलाकारको अभिनय छ । प्रितमराजले पनि यसै फिल्मबाट अभिनयमा डेब्यु गरेका हुन् ।

हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । विशुद्ध प्रेमकथामा निर्माण भएको फिल्मको वितरण काठमाडौंमा जीजीए ग्रुप र काठमाडौं बाहिर एफडी कम्पनीले गर्दैछ ।

यो चलचित्रलाई अष्ट महर्जनले निर्देशन गरेका हुन् । विगत २ दशकदेखि फिल्मको द्वन्द्व निर्देशन गर्दै आएका अष्ट महर्जनको यो निर्देशन डेब्यु फिल्म हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *