हरि पुर्व निरौला-
नेपाल को पूर्वी भाग मा पर्ने माइपोखरी रामसार क्षेत्र निकै नै राम्रो पर्यटकीय स्थल मध्येको एक हो । इलाम जिल्लामा पर्ने यो पोखरी एउटा अलग्गै विशेषता बोकेको पोखरी हो।
धार्मिक दृष्टिले पनि यहाँको महत्त्व कम छैन यहाँ वारी परी पाइने बोट बिरुवा र जडिवुटी को त कुरै न गरुँ विश्वका विभिन्न मुलुकका अनुसंधान विध हरु ले यहाँ आई जडिवुटी को अनुसंधान तथा प्रयोग गर्ने गरेको पाइन्छ। विभिन्न रोघ सघ संबंधित जडीबुटीको अनुसंधान हुने गर्छ यहाँ ।
तारा आकारमा फैलिएको। यो पोखरी को ९ कुना मा सजिएको छ। समुद्र सतबाट करीब २१३० मीटर को उचाई मा रहेको यो पोखरीमा १.८८ वर्ग किमी मा फैलिएको छ।
विभिन्न प्रजातिका स्तनधारी जनावर हरु पाइन्छन् । यहाँ संसारबाटै लोप हुन लागेको सुन गोहोरो पनि पाइन्छ भने विभिन्न किसिम का १२थरी माछा हरु प्रतक्ष अवलोकन गर्न सकिन्छ ।
इलाम सदरमुकाम बाट करिब १८ किलो मिटर दूर अवस्थित यो रामसार क्षेत्रमा पर्यटक हरुका लागि सुविधा सम्पन होटल तथा लज को पनि राम्रो व्यवस्था छ।
यहाँ वरपर विभिन्न घुम्न लायक ठाउँ हरु छन्। यहाँको सुन्दरता को वरण गर्न लेखेर मात्र सम्भव छैन एक पटक अवश्य भ्रमण गरे पछि मात्र सबै कुरा आफ्नै शैलीमा बुझिन्छ।
यो क्षेत्र को भ्रमणमा जाँदा कुनै पनि यात्रु ले अलिकति टाइम लिएर गएको राम्रो।किनकि घुमणलाई अरु पनि रमणीय स्थल हरु छन् नेपाल को दोस्रो अग्लो टोड्के झरना यही पर्दछ।
अनि सूर्योदको अवलोकन गर्न लाई सन्दकपुर पनि यही क्षेत्र मा पर्दछ। यस्ता धेरै प्लेस छन् जो एक पटक गएर मात्र आफूलाई शान्ति हुने गर्दछ। यहाँ वरपरको वातावरण अत्यन्त स्वच्छ छ।
त्यसैले हामीले सके एक पटक अवश्य माइपोखरी,सन्दकपुर,कल्पोखरी,टोड्के झरना,धाप पोखरी सगै पूर्वकि रानी कन्याम को चिया बगान अवलोकन गर्न सब परिवार जाऊ। जय देश ।।।