घट्यो सुनको मूल्य, कतिमा कारोबार भइरहेको छ ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बिहीबारको तुलनामा सुनको मूल्य प्रतितोला ४ सयले घटेको हो ।

शुक्रबार छापावाल सुन प्रतितोला ९९ हजार ९ सय रुपैयाँका कारेबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला ९९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। बिहीबारको तुलनामा चाँदीको मूल्य तोलामा १० रुपैँयाले घटेको हो । आज चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।

शिखर इन्स्योरेन्सको लाभांश प्रस्ताव, बोनस कति?

शिखर इन्स्योरेन्सल (SICL) ले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको मंसिर २९ गते बसेको बैठकले आर्थिक वर्ष २०७८/७९ सम्मको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी २ अर्ब २८ करोड ६० लाख रुपैयाँको १६ प्रतिशत अर्थात ३६ करोड ५७ लाख ७२ हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.८४२१ प्रतिशत अर्थात १ करोड ९२ लाख ५१ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ ।

उक्त लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृती पश्चात आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् । शेयरधनीहरुलाई १६ प्रतिशत बोनस शेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ५५ करोड रुपैयाँ पुग्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *