सुपादेउराली मन्दिरकाे दर्शन गरी हेर्नुस् पुस २ गते शनिबारकाे राशिफल !

तपाईको आजको राशिफल कस्तो छ वा तपाईको आजको दिन कस्तो रहनेछ जान्न चाहनुहुन्छ भने १७ डिसेम्बरको राशिफल पढ्नुहोस् । आजको दिन तपाईका लागि कसरी बित्न सक्छ पढ्नुहोस्

मेष: शनिबार मेष राशिका व्यक्तिको आत्मविश्वास बढ्नेछ, आर्थिक अवस्थामा पनि सुधार आउनेछ । यद्यपि यस राशिका व्यक्तिहरूले शनिबार व्यापार यात्रामा जानुपर्ने हुनसक्छ। नयाँ व्यापार सम्झौता लाभदायक हुनेछ।

वृषः आज शनिबार वृष राशि हुनेहरुका लागि कठिन समय रहनेछ । कार्यस्थलमा तनावपूर्ण वातावरण देखिन्छ। आर्थिक अवस्था सामान्य रहनेछ । नराम्रो कर्मले नराम्रो फल पाउन सक्छ। नोकरीमा स्थान परिवर्तनको सम्भावना छ ।

मिथुन: अनावश्यक खर्च बन्द गर्नु राम्रो हुनेछ। यस दिन रोकिएको काम पूरा हुन सक्छ। धन लाभको योग छ । नयाँ व्यापारमा सावधानीपूर्वक कदम चाल्नुहोस्। यस दिन पारिवारिक झगडा हुन सक्छ, त्यसैले धैर्य गर्नुहोस्।

कर्कट : कर्कट राशिका लागि आज जीवन साथीको चिन्ता रहनेछ। राम्रो भाग्यको सम्भावना सृजना भईरहेको छ, तपाईले जे गरेपनि पूर्ण मिहिनेत र विश्वासका साथ गर्नु भयो भने अवश्य सफलता मिल्नेछ ।

सिंहः  काममा अवरोधमा भइरहँदा मन खिन्न हुन सक्छ । शनिबार प्रतिकूल पारिवारिक वातावरणका कारण तनाव बढ्न सक्छ। सवारी साधनमा खर्च हुनेछ, कार्यस्थलमा सहकर्मीबाट समस्या पर्न सक्छ। तर, नयाँ साथी बनाउने सम्भावना छ ।

कन्या: कन्या राशिका लागि स्वास्थ्य सम्बन्धी समस्याहरू देखिन सक्छ। यस राशिका मानिसलाई पेटसम्बन्धी रोगले सताउन सक्छ । यस राशिका व्यक्तिको खर्चमा वृद्धि हुन सक्छ, तनाव बढ्ने सम्भावना छ ।

तुला: तुला राशिका लागि आजको दिन व्यापारमा नयाँ प्रविधिमा खर्च बढ्न सक्छ। व्यापारका धेरै अवसरहरू अगाडि आउन सक्छन्, सही निर्णय लिनुहोस्। कान सम्बन्धी रोग देखा पर्न सक्छ, व्यापार लाभदायक रहनेछ ।

वृश्चिक : यो राशिका व्यक्तिहरूले आज शनिबारको दिन सतर्क र संयमित रहनुहोला । व्यवसायमा पार्टनरबाट मनमुटावको सम्भावना छ। तपाई कसैलाई चाँडै विश्वास गर्नुहुन्छ, भावनात्मकतामा आफ्नो मन कसैलाई नभन्नुहोस्।

धनु: आज धनु राशिका व्यक्तिले पेसा परिवर्तन गर्ने मन लाग्न सक्छ। अपेक्षित सफलता नमिल्दा तनावमा रहन सक्नुहुन्छ। साथीभाइसँग मनमुटाव हुनसक्छ, आज पढाइमा ध्यान कम हुनेछ।

मकर : यस राशिका व्यक्तिलाई कामको अधिकता हुनेछ। तर आज सबै महत्वपूर्ण काम पुरा हुनेछन् । कार्यस्थलमा अनुकूल वातावरणले आत्मविश्वास बढ्नेछ। ऋण सम्बन्धी मामिलाहरू समाधान हुनेछन्। नयाँ मान्छेसँग भेटघाट हुनेछ ।

कुम्भ: कुम्भ राशिका लागि आजको दिनले मानसिक शान्ति ल्याउनेछ, वैवाहिक बाधा हट्नेछ। धर्ममा रुचि बढ्नेछ। पारिवारिक चलनलाई बेवास्ता नगर्नुहोस्, यो जीवनको महत्त्वपूर्ण भाग हो। आजको दिन खर्च बढ्न सक्छ ।

मीन: मीन राशिका लागि आजको दिन राम्रो छ। ऋण तिर्न सहयोग मिल्नेछ । व्यापारमा केही ठूला लाभ हुने सम्भावना छ, कामका कारण अधिकारीहरूसँग विवाद हुनेछ। आँखा सम्बन्धी समस्या आउन सक्छ, सावधानी अपनाउनुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *