मेयर ‘हर्क साम्पाङकाे हुकुम’ नमान्नेले राजीनामा दिनुपर्ने !

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले भनेको नमान्ने कार्यपालिका सदस्यलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न सुझाव दिएका छन् ।

करिब ४ महिनादेखि कार्यपालिका बैठक नियमित रुपमा बस्न नसकेपछि शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले आफूले भनेको नमान्ने कार्यपालिका सदस्यहरुलाई राजीनामा दिन सुझाएका हुन् ।

१३ भदौमा बसेको कार्यपालिका बैठकमा मेयर साम्पाङ र वडाध्यक्षहरु बीच विवाद भएपछि रोकिएको कार्यपालिका बैठक त्यस यता बस्न सकेको छैन ।

उक्त बैठकमा कार्यपालिका सदस्य अनुप देवानले बैठकमा प्रस्तावित प्रस्तावमा फरक मत राख्दा मेयर साम्पाङले बोल्न रोक लगाउँदै बाहिर निस्केर जान भनेका थिए ।

कार्यपालिका सदस्यहरुलाई अपमान गरेको भन्दै वडाध्यक्षहरुले मेयरलाई आत्माआलोचना गरी बैठकलाई सुचारु गर्न माग गरेका थिए । तर मेयर साम्पाङले कुनैपनि हालत माफी माग्दिन भनेपछि कार्यपालिका बैठक बस्न नसकेको छैन ।

कार्यपालिका बैठक बस्न नसक्नुमा धरान विकास विरोधी वडाध्यक्षहरु भएको भन्दै बारम्बार सामाजिक सञ्जालमा लेखेका साम्पाङले आज पत्रकार सम्मेलन गरी आफूले भनेको नमान्ने भए राजनीमा दिए हुन्छ भन्ने तर्क गरेका हुन् ।

उनले आफ्नो कार्यकक्षमा पत्रकारसँग कुरा गर्दै आफूलाई विकास गर्न अफ्ठयारो पार्ने कार्यपालिका सदस्यहरु नचाहिने बताएका हुन् ।

राजा महेन्द्रलाई सम्झँदै राजेन्द्र लिङ्देनले लेखे यस्तो

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले स्वर्गीय राज महेन्द्र शाहलाई सम्झिएका छन् । विस २०१७ साल पुस १ गते तत्कालिन राजा महेन्द्रले ‘कू’ गरेको दिनको अवसरमा लिङ्देनले राजा महेन्द्रलाई स्मरण गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा लिङदेनले शुक्रबार राजा महेन्द्रलाई सम्झिँने दिन भन्दै फोटोसहितको स्टाटस् राखेका छन् । उनले देशको माटोलाई बिसर्ने ज्यूँदै मरेतुल्य हुने उल्लेख गरेका छन् ।

‘मर्यो ज्यूँदै त्यो जसले बिर्सियो देशको माटो आज राजा महेन्द्रलाई सम्झने दिन हार्दिक श्रद्धाञ्जली’ लिङ्देनले स्टाटस् लेखेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *