महोत्तरी । महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकाले नेहा चौधरी र निहारिका सिंह राजपुत विरुद्ध रु पाँच लाखको क्षतिपूर्ति माग गर्दै जिल्ला प्रशासन कार्यालयमा विज्ञप्ति बुझाएको छ ।
नेहा चौधरीलाई पति डा पंकज चौधरीको घरमा प्रवेश गर्न नदिन आफूमाथि भूमिका खेलेको आरोप लगाउँदै नेहा र निहारिकाले आन्दोलन गराएको नगरप्रमुख रामदुलार साहले बताएका छन् ।
नेहा र निहारिकाले नगरपालिकामाथि ढुङ्गामुढा, तोडफोड र आगजनी गराएर रु पाँच लाखको क्षति पुर्याएको भन्दै नगरप्रमुख साहले दाबी क्षतिपूर्ति भराउन निमित्त प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेलाई विज्ञप्ति बुझाएका हुन ।
ताल्चा लागेको घर अगाडि नै नेहाले धर्ना बसेपछि स्थानीयवासीले नेहालाई घरभित्र प्रवेश गराउनुपर्ने माग राख्दै आन्दोलन गर्न थालेका छन् ।
नेहा तथा उनका सहयोगीले आफूमाथि नेहाका सासू, ससुरालगायत परिवारका व्यक्तिलाई लुकाएर संरक्षण दिइरहेको आरोप लगाउँदै मङ्सिर २८ र २९ गते नगरपालिका भवनमा ढुङ्गामुढा, तोडफोड र आगजनी गरेको नगरप्रमुख साहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
निमित्त प्रमुख जिल्ला अधिकारी न्यौपानेले आज त्यस सम्बन्धमा बैठक बसेर सत्यतथ्य जाँचबुझ र अगाडिको कदमबारे निर्णय गर्ने बताए।
एक महिनामा ६० वटा लाइसेन्स निलम्बन हुँदै
मंसिर महिनामा ६० वटा लाइसेन्स निलम्बलमा पारिने भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंसिर महिनामा ६० वटा सवारीचालक अनुमति पत्रलाई निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाएको हो ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नुपर्ने सर्त तथा नियमहरू पाँच (पाँचपटकभन्दा बढी उल्लंघन गरेको) पाइएकाले सोही ऐनको परिच्छेद ४ को दफा ६० बमोजिम
सवारीचालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
निलम्बनका लागि पठाइएका सबैभन्दा धेरै कारबाहीमा एक जना ४४ पटक, एक जना ३५ पटक कारबाही, तीन जना २४ पटक, एक जना १४ पटक , सात जना १२ पटक, दुई जना सातपटक र ४५ जना छपटक गरी ६० जनाको सवारीचालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभागमा पठाइएको हो ।
सवारी दुर्घटनामा परेका अधिकांश सवारीचालक अघि पनि पटक–पटक कारबाहीमा परेको देखिएको भट्टले जानकारी दिए ।