प्रेमको प्रतिक रानीमहल बाढीले डुबायाे, होटल र रिसोर्टमा क्षति

सुनिल कार्की

पाल्पा । लगातारको वर्षाले प्रेमको प्रतिक रानिमहल डुबानमा परेको छ । बराङ्गदी र कालीगण्डकी नदीमा आएको बाढीले रानीमहल जोखिममा समेत परेको छ ।

कालीगण्डकीको तटमा रहेको रानीमहललाई तिन तिरबाट पानिको बहावले घेरेको छ भने माथिबाट पहिरोको जोखिममा समेत परेको छ । एक तर्फ कालीगण्डकी र अर्को तर्फ बराङ्दी खोला उर्लिंदा पर्यटकीय स्थल रानीमहल त्यस आसपासमा आधा दर्जन होटल र रिसोर्ट डुबेका छन ।

जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रवक्ता रामेश्वर त्वातीले रानी महललाई तीनतिरबाट पानीले घेरेको जानकारी दिनुभयो । रानीमहल जाने बाटो पनि ठाउँठाउँमा पहिरो झर्दा सम्पर्क विच्छेद भएको छ । अहिले रानिमहलमा पानीको सतह बढ्दो छ ।

प्रेमको प्रतिक रानिमहल र त्यस आसपारका होटल र रिसोर्ट डुबेका केही तस्बीरहरु ।

Leave a Reply

Your email address will not be published.