काठमाडाैं । आइतबार, सुनको मूल्य पुनः एक लाखभन्दा माथि पुगेको छ। अघिल्लो दिन अर्थात गत शुक्रबार ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन, यस दिन बढेर पुनः एक लाखमाथि पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला ६०० रुपैयाँ बढेर १ लाख ५०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, यस दिन तेजाबी सुन प्रतितोला १ लाख रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेको छ। यस दिन चाँदी १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ।
लाभांश प्रस्ताव पारित गर्न हिमालयन डिष्टिलरीले बोलायो साधारण सभा
हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। कम्पनीले पुस २७ गते बुधबार, आफ्नो रजिष्टर्ड कार्यालय, विरगञ्जमा बाइसौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान १० बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ६० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित गरी १० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, स्वतन्त्र सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने, लेखारीक्षक नियुक्त गर्ने, वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस २० गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।