नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

काठमाडौं। साताको पहिलो कारोबार दिन आज आइतबार सेयर बजारमा उच्च अङ्कको गिरावट आएको छ । आज शेयर कारोबार मापक नेप्से परिसूचक २७ दशमलव ५४ अंकले घटेर १८५५ दशमलव ०६ बिन्दुमा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५ दशमलव २२ अङ्कले घटेर ३६२ दशमलव ८२ मा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५० कम्पनीको ३७ लाख ७८ हजार ९५१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व १५ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर खरीदबिक्री भएको छ । आइतबारको कारोबारमा १३ वटा उपसूचक घटेर राताम्मे भएका छन् ।

कामना सेवा विकास बैंकले जारी गर्‍यो एससीटी–यूपीआई डेबिट कार्ड

कामना सेवा विकास बैंकले एससीटी–यूपीआई डेबिट कार्ड सेवाको शुभारम्भ गरेको छ । बैंकले गएको शुक्रबारदेखि औपचारिक रूपमा एससीटी–यूपीआई डेबिट कार्ड सेवा सञ्चालनमा ल्याएको हो ।

बैंकका नायब महाप्रबन्धक लालबहादुर थिङ र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजुले संयुक्त रूपमा एससीटी–यूपीआई डेबिट कार्ड सेवाको शुभारम्भ गरेका थिए ।

सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तबीच मर्जर सम्झौता

सामुदायिक लघुवित्त वित्तीय संस्था र बिपिडब्लु लघुवित्त वित्तीय संस्थाबीच मर्जर प्रयोजनका लागि प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको छ । यी दुई लघुवित्तबीच गएको शुक्रबार समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

सामुदानयिक लघुवित्त वित्तीय संस्थाले बिपिडब्लु लघुवित्तसँग मर्जर सम्झौता गरेकाले सेयर कारोबार रोक्का गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई पत्र लेखेको छ । सोही पत्रका आधारमा यो कम्पनीको सेयर कारोबार रोक्का भएको छ ।

बिपिडब्लु लघुवित्तले भने आईपीओ निष्कासन गरेको छैन । यो कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *