वीर अस्पतालका १२ स्वास्थ्यकर्मी गायब !

काठमाडौं, ३ पुस । काठमाडौंको वीर अस्पतालका १२ स्वास्थ्यकर्मी गायब भएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल अन्तर्गतका डाक्टर, नर्स र अनमी लामो समयदेखि बिदा स्वीकृत नगराई गायब भएका हुन् । उनीहरुलाई १ महिनाभित्र हाजिर हुन आउन अस्पतालले सूचना जारी गरेको छ ।

तोकिएको अवधिमा उपस्थित नभए प्रतिष्ठानको (कर्मचारी सेवाका सर्त तथा सुविधा सम्बन्धी) नियमावली, २०६५ को नियम १३३ को उपनियम (घ) बमोजिम कारवाही गर्ने चेतावनी अस्पतालले दिएको छ ।

न्याम्सले सूचना जारी गरेका स्टाफहरुमा रजिष्ट्रार डा. सृष्टि शाह र स्टाफ नर्सहरु (पाँचौँ तहका) जमुना सिटौला, ओमदेवी पुन, शान्ति लम्साल, सम्झना श्रेष्ठ र सुशीला ढकाल रहेका छन् ।

यस्तै, युनिफाइड केन्द्रीय अस्पताल अन्तर्गतका स्वास्थ्यकर्मीमा अनमीद्वय छैटौं तहका साहिदा सुब्बा र अनिता बसेल छन् । यस्तै पाँचौं तहका स्टाफ नर्सहरु सकिला चौलागाईं, अञ्जुकला राई, सरस्वती अर्याल र रेणुका अधिकारी रहेका छन् ।

सत्ताका लागि अवान्छित गतिविधि गर्ने पक्षमा एमाले छैन: गोकर्ण विष्ट

नेकपा एमालेका सचिव गोकर्ण विष्टले नेकपा एमाले तत्काल सरकारमा नजाने बताएका छन् ।

बुटवलमा पत्रकारहरुसँग कुराकानी गर्दै सचिव विष्टले जनताले एमालेलाई सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने म्यान्डेट दिएकाले तत्काल सत्ताका लागि अवान्छित गतिविधी गर्ने पक्षमा एमाले नरहेको बताएका हुन् ।

कांग्रेसले सरकार गठन गर्न नसकेमा मात्रै एमाले अगाडि सर्ने विष्टले बताए । विष्टले चौतर्फी घेराबन्दी बाबजुत पनि जनताले एमालेलाई समानुपातिकमा पहिलो पार्टी बनाएको भन्दै मतदातालाई धन्यवादसमेत दिए ।

अहिलेको जनमतले देशलाई पाँच वर्ष अस्थिरतामा लैजाने देखिएको पनि विष्टले दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *