कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन प्रयाश गर्ने, के गर्लान् प्रचण्ड?

काठमाडौं। संसदमा सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसले अरु दलको सहायतामा आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने भएको छ। पाँचदलीय गठबन्धनका सदस्य दल र अरु दलहरूसँग सल्लाह गरेर आफ्नै नेतृत्वमा सरकार बनाउने प्रयाश गर्ने नेपाली कांग्रेसले निर्णय गरेको हो।

आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बहुमतको सरकार बनाउन सत्ता गठबन्धन बाहिर रहेका दलहरूसँग पनि छलफल गर्ने निर्णय गरेको हो।

गठबन्धनको अर्को दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि सरकारको पहिलो अवधि आफैं प्रधानमन्त्री बन्न प्रयाश गरेपनि ठूलो दल भएको नाताले नेपाली कांग्रेस आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय हो।

नेपाली कांग्रेसको यस्तो निर्णय आएपछि माओवादी अध्यक्ष प्रचण्डको आगामी कदम कस्तो हुने छ, त्यो हेरेर एमालेसँग पनि सम्वाद हुनसक्ने एक नेताले बताए। कांग्रेस र एमाले दुवैलाई उपयोग गर्ने प्रचण्डको चालबाजी देखेर आवश्यक परे भोलि ठूला दलहरु नै मिल्न नसक्लान् भनेर भन्न नसकिने ती नेताको भनाई छ।

प्रचण्डले इच्छा र मनसाय प्रकट गरेका भए पनि ठूलो दल भएकाले नेपाली कांग्रेस आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गनुपर्छ भनेर सांसदहरुले सुझाव दिएका थिए।

दलको निर्वाचन गराउन समिति गठन

कार्यसम्पादन समितिको बैठकले सहमहामन्त्री भीष्मराज आङ्देम्बेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। संसदीय दलको नेताको निर्वाचनका लागि यो समिति बनेको हो।

समितिका सदस्यमा पुष्पा भुसाल र प्रकाश स्नेही छन्। यो समितिले संसदीय दलको नेताको चुनाव कहिले गर्ने भनेर मिति तोक्नेछ।

आजको बैठकमा दुई-तीन दिनभित्र संसदीय दलको नेताको चुनाव गर्नेबारे छलफल भएको छ। कांग्रेस संसदीय दलको नेताको चुनाव आउने बुधबार हुने सम्भावना छ।

कांग्रेसले सातै प्रदेशमा पनि पार्टीको संसदीय दल गठन गर्न र सरकार गठनबारे अरू दलसँग छलफल गर्न पार्टीका स्थानीय निकायलाई निर्देशन दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *