काठमाडाैं । अर्जेन्टिनाले कतारमा सम्पन्न विश्वकप फुटबलको उपाधि जितेको छ । फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै अर्जेन्टिनाले विश्वकप फुटबलको उपाधि जितेको हो ।
निर्धारित ९० मिनेटसम्म दुवै टिमले २–२ गोलको बराबरी खेलेपछि ३० मिनेटको समय थप गरिएको थियो । खेलको १०८औँ मिनेटमा कप्तान लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई ३–२ को अग्रता दिलाएका थिए ।
तर खेलको ११८औँ मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई ३–३ गोलको बराबरी दिलाए पुर्याए । योसँगै थप गरिएको ३० मिनेटमा पनि दुवै टिमले ३–३ गोलको बराबरी भएपछि खेल पेनाल्टीतर्फ धकेलिएको थियो ।
पेनाल्टीमा अर्जेन्टिनाले फ्रान्सलाई हराउँदै तेस्रो पटक विश्वकप फुटबलको उपाधि जितको छ ।
फ्रान्सले उत्कृष्ट पुनरागमन गर्दै खेलको ८०औँ र ८१औँ मिनेटमा गोल गरेसँगै निर्धारित ९० मिनेटसम्म दुवै टिमले बराबरी खेलेका थिए । दुई गोलको अग्रता बनाएको अर्जेन्टिनाले जोगाउन नसक्दा फ्रान्ससँग बराबरी खेलेको हो ।
खेलको ८१औँ मिनेटमा अर्जेन्टिनाका खेलाडीले डिबक्सभित्र फ्रान्सका खेलाडीलाई लडाएपछि पेनाल्टी पाएको थियो । पेनाल्टीबाट केलियन एमबाप्पेले गोल गर्दै फ्रान्सलाई २–१ को स्थितिमा पुर्याए । त्यसको एक मिनेटपछि अर्थात खेलको ८१औँ मिनेटमा एमबाप्पेले दोस्रो गोल गर्दै फ्रान्सलाई २–२ को बराबरी दिलाएका थिए ।
यसअघि अर्जेन्टिनाले पहिलो हाफसम्म २–० गोलको अग्रता बनाएको थियो । अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सी र डि मारियाले गोल गरे ।
खेलको २३औँ मिनेटमा अर्जेन्टिनाले गोल गर्दै फ्रान्सविरुद्ध १–० गोलको अग्रता बनाएको थियो । कतारको लुजेल रंगशालामा खेलको २१औँ मिनेटमा डि मारियालाई फ्रान्सका डेम्बेलेले डिबक्सभित्र लडाएपछि
अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । पेनाल्टीबाट कप्तान लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाएका थिए ।
खेलको ३६औँ मिनेटमा डि मारियाले गोल गर्दै अर्जेन्टिनालाई २–० गोलको अग्रता दिलाएका थिए ।