मध्ये राति काठमाडाैंमा शक्तिशाली भूकम्पको धक्का !

कामाठाैं । काठमाडौं उपत्यकामा आइतबार मध्ये राति भूकम्पको धक्का महसुस भएको छ । राति १० बजेर ५३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।

भूकम्पको केन्द्रविन्दु धादिङ रहेकाे राष्टिय भूकम्प मापन केन्द्रले जनाएकाेछ । केन्द्रका अनुसार ४ दशमलव ५ रेक्टरकाे भूकम्प गएकाे हाे । विनासकारी गाेर्खा भूकम्पकै पराकम्प भएकाे जनाइकाे छ ।

क्षतिबारे भने केही विवरणहरू प्राप्त भएका छैनन् । यस अघि धनकुटा केन्द्रविन्दु भएर ४ रेक्टरकाे भूकम्प गएकाे थियाे । उता सुदुरपश्चिममा पनि करिव एक महिना अघि जनधनकै क्षति हुने गरेर भूकम्प गएकाे थियाे ।

सरकार गठनका लागि राष्ट्रपतिबाट आह्वान, दलहरूलाई ७ दिनको समय

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेकी छन् । उनले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गरेकी हुन् ।

भण्डारीले दलहरूलाई पुस १० गते आइतबार साँझ ५ बजेसम्म दाबी पेस गर्न समय दिएकी छन् ।

‘नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री नियुक्त गर्नका लागि

मिति २०७९/९/१० गते आइतबार १७:०० बजे भित्र दावी पेस गर्न सम्माननीय राष्ट्रपतिज्यूबाट आह्वान भएको व्यहोरा अनुरोध छ,’ राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संविधानको धारा ७६ को उपधारा १ बमोजिम कुनै पनि दलले स्प्षट बहुमत प्राप्त गरेको नदेखिएकाले उपधारा २ बमोजिमको सरकार गठनका लागि आह्वान भएको प्रवक्ता आचार्यले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *