बहसमा राष्ट्रपति : कस्ता कस्ता व्यक्ति हुनसक्छन् राष्ट्रपति?

काठमाडौं। राष्ट्रपति हुन राजनीतिक दलको नेता नै हुनुपर्छ भन्ने केही छैन। दलभन्दा पर अरु नै क्षेत्रमा स्थापित तपस्वीहरु पनि देशको नेता बन्न योग्य हुनसक्छन्।

विश्वका कतिपय देशका उदाहरण हेर्यौं भने विभिन्न क्षेत्रमा योगदान गरिरहेका व्यक्तिले राष्ट्राध्यक्षको जिम्मेवारी सकुशल निर्वाह गरेका छन्।

अहिले नेपालमा राष्ट्रपति को हुने को हुन नहुने भनेर बहस छेडिएको छ। आआफ्ना स्वार्थ समूहका माध्यमबाट कतिपय व्यक्तिका आकांक्षाहरु प्रकाशमा आईरहेका पनि छन्।

तर राजनीतिमा सक्रिय र अझ हाम्रो हकमा त राजनीतिलाई खाई–जीविकाको साधन बनाएका व्यक्ति मात्रै राष्ट्रपति हुने होइनन् महाशय!

हेर्नोस केही उदाहरण–

१. भारतका दोस्रा राष्ट्रपति डा. सर्वपल्ली राधाकृष्णन दर्शनशास्त्रका महापण्डित थिए। उनले अक्सफोर्ड हुँदै भारतका विभिन्न विश्वविद्यालयमा पढाए। आन्ध्र र बनारस हिन्दु विश्वविद्यालयका उपकुलपति भए, दिल्ली विश्वविद्यालयका कुलपति भए, रूसकालागि भारतका राजदूत भए, त्यसपछि उपराष्ट्रपति र राष्ट्रपति। उनी सक्रिय राजनीतिमा थिएनन्।

३. मोहम्मद हिदायतुल्ला भारतका प्रधान न्यायाधीश थिए। उपराष्ट्रपति र कार्यवाहक राष्ट्रपति पनि भएका थिए।

एपीजे अब्दुल कलाम विख्यात वैज्ञानिक थिए। भारतको क्षेप्याश्त्र निर्माणमा उनको विशिष्ट योगदानका लागि उनलाई मिसाइल म्यान भनिन्थ्यो– कहिल्यै राजनीतिमा थिएनन्। २००२ देखि २००७ सम्म भारतमा राष्ट्रपति थिए।

३. विलियाम होवार्ड टफ्टको राजनीतिमा कुनै रूची थिएन, न्यायाधीश थिए। कर गरेर उनी राष्ट्रपतिमा उम्मेदवार बनाइए। जिते, १९०९ देखि १९१३ सम्म अमेरिकाको राष्ट्रपति भए। उनै टफ्ट १९२१ देखि १९३० सम्म अमेरिकाको सर्वोच्च अदालतको प्रधान न्यायाधीश भए।

यस्ता अनेक उदाहरण छन्। यहाँ नेपालमा भने गुट, बिचौलिया र दलीय संकीर्णता अनुसारका व्यक्ति अघि सारेर राष्ट्रपतिको उपयुक्त व्यक्तिका रुपमा प्रचार अभियान चलिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *