भेलु बाजेको भिडियाे युट्युवमा नराख्न जिल्ला प्रशासन कार्यालयको निर्देशन ! (पत्रसहित)

काठमाडौं । ‘भेलु बाजे’ भनेर चिनिने प्यूठानको जुम्रिडाँडाका मिनबहादुर बुढाको अश्लिल, अपाच्य र अमर्यादित शब्द प्रयोग गरेका क्रियाकलाप (हर्कतहरू) प्रसारण नगर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ।

सोमबार कार्यालयले विज्ञप्ति निकालेर भेलु बाजेको नाम नलिई त्यस्ता हर्कतहरूले समाजमा विकृति फैलिई नकारात्मक प्रभाव परेको र बालबालिकाहरूमा समेत गम्भीर नकारात्मक असर पर्ने भन्दै त्यस्ता कार्य नगर्न निर्देशन दिएको हो।

भेलु बाजे भनेर चिनिने बुढाको विषयमा सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा झिमरुक–३ प्यूठानका सुवास जिसीले निवेदन दिएका थिए।

उनले निवेदनमा भेलुबाजे, उनलाई प्रोत्साहन गर्ने मिडिया र व्यक्तिलाई नियन्त्रणमा लिएर सामाजिक अनुशासन र मर्यादा कायम गराउन अनुरोध गरेका थिए।

पछिल्लो समय उनलाई मदिरा खुवाएर अश्लिल र अपाच्य शब्द भन्न लगाएर युट्युबमा भिडियो राख्दा समाजिक मूल्यमान्यतामा गम्भीर दुर्घटना हुने अवस्था आएको उनको निवेदनमा उल्लेख छ।

यस्ता गतिवधिले सामाजिक संस्थाहरू, कानून स्थापित गर्ने सरकारी संयन्त्र र सिंगो नागरिक समाजसमेत गम्भीर हुनु र आवश्यक कदम चाल्नुपर्नेमा जिसीको जोड छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *