एमाले अध्यक्ष ओली सम्मानित

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सम्मानित भएका छन् । आज मंगलबार एमालेले काठमाडौंमा आयोजना गरेको ‘एमाले जनताको रोजाइको पहिलो पार्टी’ विशेष कार्यक्रममा ओलीलाई सम्मान गरिएको हो ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभरबाटै सर्वाधिक मत ल्याएर निर्वाचित भएका ओलीलाई नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव तथा ज्येष्ठ कम्युनिस्ट विजयलाल श्रेष्ठले सम्मान गरेका हुन् ।

ओलीले झापा–५ बाट ५२ हजार ३१९ मत प्राप्त गरी प्रतिनिधि सभामा विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार ७४३ मत पाएका थिए ।

कार्यक्रममा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा निर्वाचित सासदहरुलाई सामुहिक रुपमा अभिनन्दन गरिएको छ ।

एमालेको आवाज सामान्य आवाज हैन, राष्ट्रनिर्माणको आवाज हो: केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको आवाज सामान्य आवज नभई राष्ट्र निर्माणको आवाज भएको बताएका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चौतर्फी घेराबन्दीका बाबजुत पनि एमालेको आवाज बन्द गर्ने सामर्थ्य कसैसँग नदेखिएको बताएका हुन् ।

एमालेलाई टर्च बालेर खोज्ने बनाउँछौँ भन्नेहरुले एमालेलाई टर्च नबालि देख्न सक्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *