काठमाडाैं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको मधेश प्रदेशको सबै विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेकाे छ ।
आयोगबाट प्रकाशित निम्न माध्यामिक तह, तृतीय श्रेणी, शिक्षक पदको लागि लिइएको लिखित परीक्षाबाट अन्तवार्तमा छनोट भएका उम्मेदवारहरुको अन्तर्वाताको सबै विषयको नतिजा प्रकाशन गरेको हो ।
नतिजा हेर्न तलकाे लिङ्कमा क्लिक गर्नुहाेला अतजा आयोगकाे वेवसाइटमा गएर पनि हेर्न सक्नुहुन्छ । पाठककाे सहजताका लागि लिङ्क तल दिइएकाे छ ।
https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=245&fn=MADHESH%20PRADESH%20ALL%20SUBJECTS.pdf
विद्यालयको स्रोत परिचालन तथा प्रभावकारी सुपरिवेक्षण सम्बन्धि मस्यौदा तयार
विद्यालय शिक्षामा स्रोत साधनको उचित व्यवस्थापन, गुणस्तर अभिवृद्धि र प्रभावकारी सुपरिवेक्षणको व्यवस्थाका लागि मस्यौदा तयार पारिएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक श्रीप्रसाद भट्टराईको संयोजकत्म गठित उपसमितिले मस्यौदा तयार गरी समितिलाई बुझाएको हो ।
राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य पुष्परमण वाग्लेको संयोजकत्ममा गठित समितिको वैठकबाट गठित मस्यौदा लेखन उपसमितिलाई एक महिनाको समयावधि दिएर मस्यौदा लेखन कार्यको जिम्मेबारी दिएको उपसमितिका सदस्य सुप्रभात भण्डारीले जानकारी दिए ।
संविधानको अनुसूचीमा उल्लिखित अधिकार तथा नेपाल सरकारको कार्य विस्तृतीकरण प्रतिवेदन समेतका आधारमा मस्यौदा तयार गर्ने जिम्मेवारी प्राप्त उपसमितिलाई दिइएको सदस्य भण्डारीले जानकारी दिए ।
विभिन्न शैक्षिक दस्तावेजहरूको अध्ययन तथा छलफलबाट मस्यौदाको प्रति तयार पारेको छ। मस्यौदामा विद्यालय शिक्षामा स्रोत व्यवस्थापन, शैक्षिक गुणस्तर अभिवृद्धिका तरिकाहरू तथा सङ्घीय संरचनामा सुपरिवेक्षण र शिक्षक सहायक प्रणाली स्थापना गर्नका लागि जरुरी देखिएको उपायहरू सुझाउँदै प्रतिवेदन तयार गरिएको छ ।