शिक्षक कर्मचरीको तलब प्रदेश वा संघबाटै …!

जनकपुर ।  धनुषाका शिक्षकहरूले आफ्नो तलब प्रदेश वा संघबाट नै प्रदान गर्नुपर्ने माग गरेका छन् ।

धेरै स्थानीय तहले समयमा नै तलब निकासा नगरेपछि शिक्षकहरूको पेसागत संघसंगठनका अध्यक्षको संयुक्त बैठकले यस्तो माग गर्ने निर्णय गरेको हो ।

अध्यक्षहरूको हिजोको बैठकले नगराइन नगरपालिकाले साउनदेखिको शिक्षक कर्मचारीको तलब प्रदान नगरेको हुँदा भोलि शुक्रबार सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

सो बैठकले विद्यालय बन्द गर्दा पनि स्थानीय सरकारले सुनुवाइ नगरे शिक्षक कर्मचारीले दोस्रो चरणको आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।

त्यसैगरी अध्यक्षहरूले क्षिरेश्वर नाथ नगरपालिका, कमला नगरपालिकासंग पुस १५ गते भित्र तलब भत्ता दिने सहमति भएको हुँदा ती नगरपालिकाको पहिलो चरणको आन्दोलन स्थगित गर्ने निर्णय समेत गरेको छ ।

कक्षा ११ र १२ को कम्प्युटर साइन्स चौथो समूहबाट दास्रो समूहमा

राष्ट्रिय परीक्षा बोर्डले साधारण धारतर्फ कक्षा ११ र १२ मा अध्ययन हुने कम्प्युटर साइन्स विषयलाई चौथो समूहबाट दास्रो समूहमा समूहीकृत गरेको छ ।

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को निर्णय अनुसार शैक्षिक सत्र २०७९–८० का लागि समूह परिवर्तन गरेको हो ।

बोर्डले कक्षा ११ को रजिष्ट्रेसन फाराम भर्ने सूचना जारी गर्दा समूह परिवर्तनको पनि सूचना जारी गरेको भए पनि केही विद्यालयहरूले सूचना अवगत नभएका कारण कम्प्युटर साइन्स विषयलाई चौथो समूहमा नै समूहीकृत गरी पठनपाठन गरेको हुँदा हालका लागि साविककै समूहमा राखि निरन्तरता दिन बोर्डले सूचना जारी गरेको छ ।

साथै आगामि शैक्षिक सत्रबाट अनिवार्य रुपमा कम्प्युटर साइन्स विषय दोस्रो समूहमा समूहीकृत हुने व्यवस्था गरिएको सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *