काठमाडाैं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको सुदूरपश्चिम प्रदेशको नेपाली, गणित, विज्ञान र गणित विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेको छ ।
आयोगबाट प्रकाशित निम्न माध्यामिक तह, तृतीय श्रेणी, शिक्षक पदको लागि लिइएको लिखित परीक्षाबाट अन्तवार्तमा छनोट भएका उम्मेदवारहरुको अन्तर्वाताको नेपाली, गणित, विज्ञान र गणित विषयको नतिजा प्रकाशन गरेको हो ।
यहाँबाट हेनुहोस नतिजा :
https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=247&fn=su%20pa%204sub%20result.pdf
नो अब्जेक्सन लेटर वितरणमा कडाइ
नो अब्जेक्सन लेटर वितरणमा निकै कडाइ गर्न थालिएको छ । सेवाग्राही तथा परामर्शदाता संस्थाले जथाभावी गर्न थालेपछि कडाइ गर्न लागिएको हो ।
वैदेशिक अध्ययन अनुमति शाखाका प्रमुख वासुदेव वस्तीले भने, “पटक पटक भनेका छौँ । अब पनि अटेर गर्ने शैक्षिक परामर्श संस्थाको अनुमति नै खारेज गर्ने वा नवीकरण नगर्नेसम्मको कारवाही गर्न चेतावनी दिएका छौँ ।”
पुस ६ गते ७५० आवेदन परेकोमा ६३६ जनाको सत्यापन भएको छ । तीमध्ये ३८६ जनाले नो अब्जेक्सन लेटर पाएका छन् भने १०३ जनाको रद्द भएको छ ।
शाखाका अनुसार काठमाडौँ कलङ्कीको एउटा शैक्षिक परामर्श संस्थाले सुस्मा केसीको नो अब्जेक्सन लेटरको अनलाइन आवेदन किशोर गिरीको प्रोफाइलबाट भरेको पाइएको छ ।
सो कुरा थाहा भएपछि शाखाले उक्त संस्थालाई तुरुन्तै सम्पर्क गरी यस्ता गल्ती आइन्दा नदोहो¥याउने सर्त राखी लिखित माफी माग्न लगाएको छ । उनले लिखित माफी माग्न लगाइएको जानकारी दिँदै सुस्मा केसीलाई सेवा प्रवाह गरिएको बताए ।
यसैगरी थाइल्याण्डमा इन्टर्नसिपका लागि एउटै संस्थाबाट विभिन्न समयमा जाने २७ जना विद्यार्थीलाई एकै पटक नो अब्जेक्सन लेटर दिनका लागि कार्यालय परिसरमा दिइएको दवावलाई बेवास्ता गरी व्यक्तिगत रूपमा निज विद्यार्थीलाई
तोकिएको दिन र समयमा नो अब्जेक्सन लेटर लिन भनिएको बताउँदै शाखाका प्रमुख वस्तीले संस्था वा निकाय सबैलाई व्यक्ति सरह सेवा प्रवाहको सुविधा दिइने बताए ।
“कुनै पनि संस्था वा निकायका नाममा सामूहिक रुपमा एकै पटक नो अब्जेक्सन दिँदा सर्वसाधारणले पाउनुपर्ने सेवामा कटौती हुन जान्छ । यस्तो अन्यायपूर्ण प्रणालीलाई निरुत्साही गर्न खोजेका छौँ” उनले भने ।
पछिल्लो समय नो अब्जेक्सन लेटर लिन चाहनेहरुको भीड निकै बढेको छ । यसले गर्दा सो शाखाका कर्मचारी कार्यालय समयअघि नै काममा पुग्नुपर्ने वाध्यता सिर्जना भएको छ । कार्यालय समय दिउँसो एक घण्टा भए पनि बढीमा २० मिनेटमात्र सो समय खर्च गर्ने गरिएको उनले बताए ।
नो अब्जेक्सन लेटर लिन चाहनेको ओइरो निकै बढेपछि भनसुन गर्न लगाउने प्रवृत्ति पनि निकै बढेको छ । यसले गर्दा अन्य विद्यार्थी मारमा परेका छन् । “धेरैले सोर्स लगाउन आउँछन् । फोन गर्न लगाउँछन् । यसले गर्दा समयमा काम गर्न सकस भएको छ । तर हामीले त्यस्ता फोनलाई अवज्ञा गर्दै आएका छौँ” उनले भने ।