१४ भाषामा लिए शपथ, चिनजान गर्दै सेल्फी खिच्दै सांसद

काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुले विभिन्न १४ वटा मात्रृभाषामा शपथ ग्रहण लिएका छन्।प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा शपथ गराएका हुन्।

सांसदहरुले शपथ पत्रमा नामसहित हस्ताक्षर गरेका छन। उनीहरुले नेपाली र भातृभाषामा हस्ताक्षर गरेपछि नेपालको प्रति लोगो लगाएका थिए। सपथ ग्रहण कार्यक्रममा सहभागी सासदहरु विभिन्न पोसाकमा सजिएर आएका थिए।

सपथ ग्रहण सकिए लगतै उनीहरु एक आपसमा सामुहिक तथा सेल्फी फोटो खिच्न पनि व्यस्त Photo4रहेका छन।अहिले नयाँसासदहरु जलपानपानमा सरिक छन ।

गत मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचित प्रतिनिधिसभाका दुई सय ७५ सांसदले आज शपथ लिएका हुन्।

शपथपछि संसद परिसरमा सचिवालयले चियापानको आयोजना गरेको छ। राष्ट्रिय पोशाक र मौलिक जातीय पहिरनमा आएका सांसदहरुले आपसमा परिचय गर्दै सेल्फी खिचेका छन्।

आगामी एक हप्ता उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आगामी एक हप्ता काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको काम प्रभावित हुने भएको छ ।

यसअघि फोहर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले आगामी एक हप्ता व्यवस्थापनको काम नहुने भएको हो ।

सहरी विकास मन्त्रालयले फोहरका गाडी आवतजावत् गर्दा बाटो मर्मतको काममा समस्या आएको भन्दै काठमाडौँ महानगरपालिकालाई केही दिन फोहरका गाडी नपठाउन गरेको आग्रहअनुसार व्यवस्थापन कार्य रोक्न लागिएको हो ।

शुक्रबारदेखि काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापनको काम रोकिने कामपा वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिइन् ।

बाटो मर्मतकै कारण यसअघि पनि बिहान ४ देखि दिउँसो १२ बजेसम्म मात्रै उपत्यकाबाट फोहरका गाडी अन्तिम व्यवस्थापनस्थलसम्म पुग्ने गरेका थिए ।

महानगरपालिकाले आज एक सूचना जारी गर्दै सोही अवधिमा आ–आफ्नो घर पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहरलाई सडक, चोक, सार्वजनिकस्थलमा नफाली घरभित्रै छुट्टाछुट्टै राख्न अपिल गरेको छ ।

हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपामा पाँच सय मेट्रिकटन फोहर निस्किने गर्दछ ।

निजी र कामपाका गरी दैनिक कम्तीमा दुई सय गाडीले फोहर लैजाने गरेकामा अहिले मुस्किलले ५० गाडीमात्र सिसडोल पुग्ने गरेका छन् ।

हाल फोहर व्यवस्थापन गरिँदै आएको सिसडोलभन्दा दुई किलोमिटर टाढा बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माण गरिएको छ ।

हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्छ । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *