गौडेमा फेरि खस्यो ठूलाे पहिरो, अवरुद्ध पाल्पा – बुटवल सडक आज नखुल्ने

सुनिल कार्की
पाल्पा । निरन्तरको वर्षाको कारण अवरुद्ध पाल्प बुटवल सडकखण्ड आज नखुल्ने भएको छ । मंगलबार रातिबाट तानसेन ८ गौडेमा खसेको पहिरोले अवरुद्ध भएको सडक केही अघिबाट सञ्चालनमा आउने तयारी भए पनि पून पहिरो गएका कराण सडक पुर्ण रुपमा अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुईवटा हेभि मेसिनद्धारा पहिरो हटाउने काम निरन्तर भएता पनि पून ठुलो पहिरो झरेकाले आज सडक खुल्ने सम्भावना न्यून भएको जनाएको छ । पाल्पा बुटवल सडक खण्डको अन्य ठाउँमा खसेको पहिरो क्लिएर भए पनि गौडेपुल नजिकैको पहिरो एक पछि अर्को गरि निरन्तर खसि रहेकाले आज खुल्ने सम्भावना टरेको प्रभास प्रहरी चौकिका प्रमुख भरत थापाले जानकारी दिनुभयो ।

अवरुद्ध सडकका कारण बिच बाटोमै रोकिएका यात्रु अलपत्र परेका छन । अन्य वैकल्पीक बाटो नहुँदा यात्रु भोकभोकै सडकमा बस्न बाध्य भएका छन । एक वर्ष अघि खसेको पहिरो सडक डिभिजनले समयमै नहटाउदा यो समस्या आएको स्थानियको भनाई छ ।

खसेको पहिरोलाई डुम्रे खोलामै राख्दा अहिले ५० मिटर सडक नै खोलाले कटान गरेको छ । सिद्धार्थ राजमार्ग अन्र्तरगत पाल्पा बुटवल सडक खण्डको स्तर उन्नतीमा सडक डिभिजनले चरम लापरबाही गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published.