नयाँदिल्ली । सामाजिक सञ्जालमा झुटा समाचार विरुद्ध भारत सरकारको कारबाही जारी छ । सरकारले गलत सूचना देखाउने सयभन्दा बढी युट्युब च्यानल र धेरै भिडियोहरु बन्द गरेको छ ।
केन्द्रीय मन्त्री अनुराग ठाकुरले बिहीबार राज्यसभामा यो जानकारी दिएका हुन्।यससँगै मन्त्रालयले फेसबुक, इन्स्टाग्रामलगायतका धेरै सामाजिक सञ्जालमा कारबाही गरेको छ ।
ठाकुरले गलत सूचना फैलिन नदिन १०४ युट्युब च्यानल र ४५ युट्युब भिडियो ब्लक गरिएको बताए ।भारतीय जनता पार्टीका राज्यसभा सांसद जुगलसिंह लोखंडवालालाई ‘फेक न्यूज’ बारे सोधिएको थियो, जसको जवाफमा सरकारले जानकारी साझा गरेको छ।
केन्द्रीय मन्त्रीले भने, ‘४ फेसबुक अकाउन्ट, दुई पोष्ट, तीन इन्स्टाग्राम अकाउन्ट, पाँच ट्विटर अकाउन्ट, तीन पोडकास्ट प्रतिबन्धित गरिएको छ ।हामीले दुई एप र ६ वेबसाइटलाई कारबाही पनि गरेका छौं। देशको सुरक्षाका लागि कुनै पनि बलियो कदम चाल्न मन्त्रालयले पछि नहट्ने विश्वास सदस्यलाई दिन चाहन्छु ।
भर्खरै सर्वोच्च अदालत, प्रधानन्यायाधीश र प्रधानमन्त्री नरेन्द्र मोदीको बारेमा गलत जानकारी शेयर गर्ने युट्युब च्यानललाई सरकारले कारबाही गरेको थियो ।
भ्रामक विज्ञापनमा कारबाही
बीजेपी सांसद राकेश सिन्हाले बालबालिकालाई लक्षित यौन प्रकृतिको विज्ञापनको बारेमा प्रश्न उठाए।यसबारे ठाकुरले यस्तो प्रचार गर्नेलाई तत्काल पहिचान गरी निर्मातालाई नोटिस पठाइएको जानकारी दिए ।
उनले भने IT नियम २०२१ अन्तर्गत, OTT सामग्रीको लागि उमेर कोटीहरू सिर्जना गरिएको छ।जसमा 7 वर्ष, 13 वर्ष, 15 वर्ष माथि र वयस्क वर्ग समावेश छन्।