काठमाडाैं । केही समयअघि श्रीमानले नै अलग हुुन चाहेको र आफूूमाथि घरेलुु हिंसा गरेको भन्दै श्रीमान् शंकर क्षेत्रीसँग डिभोर्स गरेकी चर्चित लोक दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ले पूूर्व पतीकै यादमा तस्बिर पास्ट गरेकी छिन् ।
तर अहिले भने जेरीले पूर्व श्रीमान् शंकरसँगको एक तस्बिरसहित सामाजिक संजालमा भावुक स्टाटस पोष्ट गरेकी छन् ।उनले लेखेकी छन्, ‘तितै भएनी अतीत र सत्य नकार्न सकिँदो रहेनछ, तस्बिर पुरानै ।’ उनको यो पोष्टमा थुप्रैले प्रतिक्रिया जनाएका छन् ।
करिब ५ वर्षको प्रेमपछि विवाह गरेका उनीहरूले काठमाडौं जिल्ला अदालतमा आफ्नो वैवाहिक सम्बन्ध टुङ्ग्याएका थिए ।
विवाह गरेको १४ दिनपछि नै आफूमाथि शारीरिक तथा मानसिक यातना सुरु भएको बताएकी जेरीले श्रीमानसँग सम्बन्ध टुङ्ग्याउनुको कारण शंकरको बाहिर केटी, शारीरिक तथा मानसिक हिंसा लगायत बताउँदै आएकी छन् ।
लोकदोहोरी गायनका सिलसिलामा भेटेका शंकर र जेरीको गायनकै सिलसिलमा प्रेम बसेको थियो । प्रेमपछि विवाह गरेका उनीहरुको मायाको चिनो एक छोरी छिन् ।
‘छक्का पन्जा ४’ को पोष्टर सार्वजनिक गर्दा यसरी देखियो
फिल्म ‘छक्का पन्जा ४’ फागुन १९ गतेबाट प्रदर्शनमा आउँदैछ । दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले निर्माण गरेको यो फिल्मको प्रतीक्षामा दर्शक छन् ।
‘६ एकान ६’ देखि पछिल्लो समय रिलिज भएको ‘६ माया छपक्कै’सम्म आउँदा यो समूहको सबै फिल्मले राम्रो व्यवसाय गरेका छन् । त्यसैले पनि ‘छक्का पञ्जा ४’ को व्यवसाय राम्रो हुने अपेक्षा गरिएको छ ।
समाज भित्रको विभिन्न मुद्दा हाँस्यरससहित फिल्ममा प्रस्तुत गर्न माहिर यो समूहको फिल्म ‘छक्का पञ्जा ४’ को एक पोष्टर सार्वजनिक गरिएको छ । निर्माता समेत रहेका कलाकार दीपकराज गिरीले सामाजिक संजाल मार्फत पोस्टर सार्वजनिक गरेका हुन् ।
पोष्टरमा बाइकको बायाँपट्टीको ह्यान्डल समातेर उनी उभिएको देखाइएको छ । पोष्टरले फिल्ममा उनको चरित्र यस अगाडिको फिल्म झै रहेको अनुमान गर्न सकिन्छ ।
दीपक–दीपाको समूहले यसअघि पोस्टरका लागि फोटोसुट नै गर्ने गरेको थियो । तर, यसपटक यो समूहले पोस्टरमा खासै मिहिनेत गरेको देखिन्न ।
फिल्मको निर्देशन हेमराज बिसीले गरेका हुन् । आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल,
निर्मल शर्मा, नीर शाह, मलिना जोशी, राज आचार्य लगायतको अभिनय देख्न सकिन्छ । नरेन्द्र मैनालीको छायांकन रहेको फिल्को कार्यकारी निर्मातामा केदार प्रसाद घिमिरे र निर्मल शर्मा हुन् ।