हरी पूर्व निरौला
कुनै पनि प्रान्त,उपनिवेश, राज्य र राष्ट्रमा आकाश र जमीन को फरक हुन्छ। सबैको एजेन्डा मिल्ला तर तरिका फरक हुन्छ। सबैको चाहना मिल्ला तर त्यसलाई पूरा गर्ने माध्यम नमिल्न सक्छ।
एउटा सबल समृद्ध राष्ट्र बन्नु आफैमा गर्वको कुरा हो, तर सानो राष्ट्र छ भनेर हेप्नु चाई अलिक अराजक पन हो । कति पय कुराहरूमा समक क्षीसघ परराष्ट्र नीतिको विषयमा सलाह विमर्श गर्नु उचित नै कुरा हो,
तर न कुनै परराष्ट्र नीति न कुनै ठोस एजेण्डा यतिकै मा समकक्षी संग सर सलाह गर्नु भनेको परिवार को सलाह छिमेकी सँग गर्नु जस्तो हैन र? भोलिका दिनमा परिवारको कमजोरी थाहा पाएपछि छिमेकीले कसरी फाइदा लिने भन्ने कुरा अगाडि नै थाहा पाएपछि जाल थापेर बसिरहेको अवस्था छ अहिले नेपाल को।
नेपाल मा बुद्धिजीवीहरूको कमी भने पकै छैन, तर पनि किन सानो सल्हा सुझाबको लागि भारतको नयाँदिल्ली नै पुग्नु पर्छ हाम्रा वरिष्ठ ज्यूहरुलाई। आफै आफ्नै देशभित्र गोप्य रूपमा सर्सल्हा गरेर आफ्ना एजेण्डा हरु अगाडि बढाउँदा पनि त हुन्छ नि हैन र?
देश मा कृषि उपच को विकास गरेर सिंगो एशिया मा नेपाल को कृषि उत्पादन उपलब्ध गराउन सक्ने क्षमता भए पनि भारत को कठपुतली भएर नेता ले यस्तो मौका भारतको खल्तीमा हालदिराएका छन्।
आफ्नो देशको मुस्ताङमा फल्ने स्याउ बोटमै कुहिएर जान्छ तर भारतको कस्मिरमा फलेको स्याउले यत्रो बजार पाउँछ आखिर किन? स्याउ त स्याउ नै हैन र? आफ्नो देशमा हुँदा हुँदै किन उता बाट आयात गरिन्छ सरकार?
आफ्नै देश मा रहेका कृषि उर्वर हिमाल,पहाड र तराईका फाँट हरु बाजो अवस्था मा छन् खनजोत मल बीउ पानी को अभावमा कौडीको भाउमा लडिरहेका छन्। जेने तेने किसान ले दुःख गरेर गरेको खेती को पनि कुनै महत्व छैन यहाँ।
विभिन्न बालीहरू र सब्जी हरु देशको कूना कन्दरामा बजारको अभावमा कुँइएर नष्ट भइरको अवस्था छ। लाख रूपया खर्च गरेर गरेको खेती फसल उठाउदा लागत मूल्य नि न उठेर किसान ऋण मा चुर्लुम्म डुबेका छन्, अनि कसरी अगाडि बढ्छ हाम्रो देश?
करोडौंको सब्जी आफ्नै देशको कुना कन्दरामा कुहिएर जान्छ,अनि किन भारत बाट विषादी युक्त सब्जी आयात गर्छौं, सरकार नेपाली अर्गानिक सब्जीको मार्केट निश्चित गरा न,हामी सबै अर्गानिक माजा लिउ अनि स्वास्थ्य स्फुर्थ रहु। यस्ता विभिन्न कुरा साधारण नागरिकलाई ज्ञान। भइसक्यो तर सरकारको घैंटोमा घाम कैले लाग्ला।
अबको समय भारतको छाहारी देखि बाहिर भएर विशुद्ध नेपाली छाहारीमा आश्रय लिएर अगाडि बढ्ने हो।
भारतमुखी अर्थतन्त्रलाई नेपाल मुखी बनाउनु सक्नु पर्छ कोसिस गरे न हुने केहीपनि छैन सरकार हैंसे मा हस्टे गर्ने काम हाम्रो नीति त ल्याएर हेर।
अबको समय नेपाली ले मरूभूमिमा बगाएको खुन पसिना को एक एक मूल्य को कदर हुनु पर्छ। कुर्सीको मोह छोडेर देशको लागि लड्नु पर्छ। भ्रष्टचार र कुसंस्कारको अन्त्य गरिनु पर्छ। न्यायालय र कानुन सशक्त हुनु पर्दछ पत्रकार, सिक्षककर्मचारी,सुरक्षा निकाय,नागरिक ,किसान तथा अन्य सबैको उचित मूल्यांकन गरी संरक्षण र प्रोत्साहान राज्यस्तरबाट गरिनु पर्दछ।
अबको समय भनेको आफ्नो देशको सम्प्रभुता धार्मिक आस्था, अर्थतन्त्र समाज बादको उचित विकास तथा सबल र समृद्ध न्यायपालिका को ब्वस्था गरिनु हो। देशमा विद्यमान समस्याहरूको उचित पहिचान गरी त्यसलाई निकास दिँदै दिगो विकाशको लागि अग्रगामी कदम चाल्नु नै आजको आवश्यकता हो।
विदेशमा छरिएर रहेका नागरिक हरुलाई एकठा गरेर देशको मुहार फेर्न तर्फ जागरुक हुनु नै अहिलेको माग हो। बिदेसिएका नागरिक लाई आफ्नो मातृभूमि को माया न भएको हैन मात्र यहाँ को हानिकारक वातावरण ले गर्दा विदेशिन बाध्य पारिएको हो।
समय सापेक्ष रूपमा सबैको आवश्यकता पूर्ति हुने कार्यक्रमहरु सञ्चालन गरी उचित सीप को विकास गरेर बिदेसिएका नागरिकहरुलाई आफ्नै देशमा व्यवसाय गर्ने वातावरण मिलाउन को लागि विभिन्न योजना हरु अगाडि ल्याउनु पर्छ।
नेपाली ले न जानेको र न गरेको केही पनि छैन। मरूभूमिमा हरियाली बनाउन सक्ने हाम्रा दाजुभाइ दिदीबहिनी हरु प्राकृतिक रूप मै हराभरा हाम्रो गहना हाम्रो देशमा गर्न न सक्ने भन्ने कुनै कुरानै छैन बस उचित नीति र कार्यक्रम ल्याउनु पर्यो।
उचित वातावरण अभावको कारण ले हाम्रो सुन्दर राष्ट्र पछि परिरहेको छ ,यसको उचित मूल्यांन गरी माथिलो तहबाट अनुगमन हुनेगरी योजना तर्जुमा गरी अगाडि बढ्नु पर्छ र विदेशी भूमिमा भएका आफ्ना नागरिकहरुलाई आफ्नै देशमा फर्किने प्रेरणा दिनु पर्छ ।
कृषि,पशुपालन,हाइड्रो पावर र टुरिजम लाई मुख्य एजेण्डा बनाएर नीतिगत रुपमा सहुलियत दिएर कार्यान्वयनमा ल्याउन सके देशको काचुली फेरिन समय लाग्दैन यसमा ढुक्क भए हुन्छ ।