प्रचण्ड बन्ने भए प्रधानमन्त्री, फेरि कम्युनिष्ट सरकार !

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच नयाँ सरकार गठनका लागि ‘शक्ति बाँडफाँट’ गरेर जाने विषयमा लगातार छलफल भइरहेको छ ।

आम निर्वाचनले दिएको परिणामअनुसार पनि नयाँ सरकार गठनका विभिन्न विकल्प देखिएकाले एमालेले माओवादीसँग लगातार छलफल गरिरहेको छ ।

त्यसका लागि नेकपा एमालेका दोस्रो तहका नेताहरुले लगातार माओवादीका शीर्ष नेताहरुसँग छलफल गरिरहेका छन् ।
माओवादीबाट भने वर्षमान पुनले वार्ता जारी राखेको उच्च स्रोत बताउँछ ।

चुनावलगत्तै नेकपा एमालेका नेता विष्णु पौडेलले दाहाल निवास पुगेर प्रचण्डसँग छलफल गरेका थिए । त्यसपछि रघुबीर महासेठ, सुवास नेम्वाङ र योगेश भट्टराईले पनि माओवादीका अध्यक्ष दाहाललाई खुमलटार पुगेर भेटेको स्रोतले जानकारी दियो ।

“राष्ट्रपति र सभामुख लिएर तीनवर्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन नेकपा एमालेका नेताहरु तयार हुनुभएको छ,” माओवादी उच्च स्रोतले भन्यो, “प्रचण्डले सकेसम्म यही गठबन्धन जोगाएर पहिलो चरणमै प्रधानमन्त्री हुनुपर्छ भन्नुभएको छ ।”

माओवादीले किन रोज्दैछ एमाले ?

नेकपा माओवादीका एक प्रभावशाली नेताका अनुसार माओवादीले एमाले रोज्नुको खास कारण छ । कांग्रेसभित्र देखिएको विवाद र चुनावी परिणाम ।

चुनावमा माओवादी उमेदवारलाई कांग्रेस कार्यकर्ताले मतदान नगरेको सो पार्टीको ठहर रहेको छ ।

“चुनावमा कांग्रेसका कार्यकर्ताले जति सहयोग गर्नुपर्ने हो त्यो गरेनन्,” ती नेताले भने, “एमालेसँग गठबन्धन गरेर चुनावमा जाँदा यस्तो समस्या भएको थिएन । भोट ट्रान्सफर भएको थियो ।”

त्यसका लागि पनि एमालेसँग पार्टी एकता नगरे पनि सहकार्य गर्दै जानुपर्ने र निषेधको राजनीति त्याग्नुपर्ने दबाब पार्टीभित्रैबाट प्रचण्डलाई परेको छ । अर्को कारण हो– कांग्रेसभित्रको आन्तरिक विवाद ।

कांग्रेसमा सभापति शेरबहादुर देउवा गठबन्धन जोगाउने, सकेसम्म माओवादीलाई पछिल्लो सरकारको नेतृत्व गर्न सहयोग गर्ने नभए यसैपल्ट दिन तयार छन् । तर कोइराला–गगन समूह त्यो मान्न तयार छैन ।

प्रचण्ड बन्न सक्छन् पहिलो प्रधानमन्त्री ? एमाले र माओवादीबाहेकको सरकार कति सम्भव छ ?

पार्टीभित्रैबाट जबर्जस्ती निर्णय गरे पनि सरकार गठन हुनासाथ सो समूहले असहयोग गर्ने र आलोचना गर्ने जोखिम बढी भएको कारणले पनि माओवादीलाई एमालेसँगको सहकार्य सहज हुने ती नेताको टिप्पणी छ ।

नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनमा पराजय बेहोरेलगत्तै महामन्त्री गगन थापाले गठबन्धनजस्तो महत्वपूर्ण निर्णय पार्टीको अँध्यारो कोठामा बसेर गरिए मान्य नहुने चेतावनी दिएका थिए ।

“हामीलाई सरकारको नेतृत्व दिन कांग्रेसमा विरोध छ,” ती नेताले भने, “एमालेले राष्ट्रपति र सभामुख राखेर प्रधानमन्त्री हामीलाई दिन तयार भएको छ । यस्तो अवस्थामा कस्तो निर्णय गर्ने भन्ने अधिकार प्रचण्डमै छ ।

निर्णय उहाँले गर्नुहोला तर कांग्रेसलाई प्रधानमन्त्री माओवादीलाई दियो भने पनि त्यो सरकारको विरोध कांग्रेसभित्रैबाट बढी हुन्छ भन्ने डर चाहिँ छ । एमालेले तीनवर्ष सरकार चलाउन दिने प्रस्ताव पनि यहीबेला लगातार गरिरहेको छ ।”

शंकर पोखरेल भन्छन्- सत्ता गठबन्धनको लक्ष्य नै छैन, वामपन्थी एक बनौं

नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सत्ता गठबन्धन लक्ष्यविहीन भएको भन्दै वामपन्थीहरु एक ठाउँमा उभिनपर्ने बताएका छन्। शुक्रबार सुर्खेतमा आयोजित पत्रकार महासंघको साधारणसभालाई सम्बोधन गर्दै पोखरेलले अहिलेको गठबन्धन जनताका लागि नबनेको बताए।

‘अहिलेको गठबन्धन लक्ष्यविहीन छ,’ पोखरेलले भने,‘वामपन्थीहरु एक ठाउँमा उभिनुपर्छ, यो गठबन्धनको जनताका लागि बनेको होइन।’

उनले अहिले मुल्यको सामाजिनक मान्यता स्खतिल भइसकेको टिप्पणी गरे। ‘मुल्यको सामाजिक मान्यता स्खलित भईसकेको छ। आदर गर्नु पर्नेलाई आदर गर्नु पन्ने कुरा पत्रकाले भुलिसके,’

उनले भने, ‘आम नागरिक जसरि सम्मान गरेका छौँ। राष्ट्र पति, प्रधानमन्त्री, सभामुख लगायतमा व्यक्तिलाई पनि त्यसैरनि सम्मान गरेका छौँ।’

साथै, उनले अहिलेको पत्रकारिता फोहोरि रुपमा अघि बढेको बताए। ‘समाज अन्य विरुद्धमा बोल्ने सक्ने। तर, आफ्नो समस्या विरुद्धमा बोल्न सक्दैनौं।’ पोखरेलले भने।

प्रमुख दलहरुले जनादेश गुमाएको भन्दै त्यसैको कारण अहिले नयाँ शक्तिहरु उत्पादन भएको उनको भनाई छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *