काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले २०७९ सालको ग्रेड बृद्धि परीक्षामा सी प्लस ल्याउन नसकेका विद्यार्थीले सोही विषयमा मात्र ग्रेड वृद्धि परीक्षा दिनु पेर्न स्पष्ट गरेको छ ।
साल बैसाख ९ देखि सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भई सी वा सी भन्दा ग्रेड ग्रेड प्राप्त गरी २०७९ साल भाद्र ११ र १२ गतेको पुरक (ग्रेडबृद्धि) परीक्षामा सम्मिलित भएका र कम्तिमा सी प्लस ग्रेड
प्राप्त गर्न नसकेका विद्यार्थीले सोही विषयमा मात्र परीक्षा दिन पाउने भएकाले सोही अनुसार फाराम भराउने सबै शिक्षा प्रदेश परीक्षा व्यवस्थापन कार्यालय र शाखा कार्यालय सबै, शिक्षा विकास तथा समन्वय इकाइ दिएको हो ।
बोर्डबाट मंसिर ८ गते प्रकाशित २०७९ सालको एसईईमा सम्मिलित हुने परीक्षार्थीहरुको परीक्षा आवेदन फारामको सूचनामा ग्रेडवृद्धि परीक्षामा सम्मिलित हुन पाउने
विद्यार्थीहरुको केही जिल्लाहरुले द्विविधा भएको भनी जिज्ञासा राखेको हुनाले स्पष्ट पारेको बोर्डले प्रकाशन गरेको सूचनामा उल्लेख गरेको छ ।
नो अब्जेक्सन लेटर वितरणमा कडाइ
नो अब्जेक्सन लेटर वितरणमा निकै कडाइ गर्न थालिएको छ । सेवाग्राही तथा परामर्शदाता संस्थाले जथाभावी गर्न थालेपछि कडाइ गर्न लागिएको हो ।
वैदेशिक अध्ययन अनुमति शाखाका प्रमुख वासुदेव वस्तीले भने, “पटक पटक भनेका छौँ । अब पनि अटेर गर्ने शैक्षिक परामर्श संस्थाको अनुमति नै खारेज गर्ने वा नवीकरण नगर्नेसम्मको कारवाही गर्न चेतावनी दिएका छौँ ।”
पुस ६ गते ७५० आवेदन परेकोमा ६३६ जनाको सत्यापन भएको छ । तीमध्ये ३८६ जनाले नो अब्जेक्सन लेटर पाएका छन् भने १०३ जनाको रद्द भएको छ ।
शाखाका अनुसार काठमाडौँ कलङ्कीको एउटा शैक्षिक परामर्श संस्थाले सुस्मा केसीको नो अब्जेक्सन लेटरको अनलाइन आवेदन किशोर गिरीको प्रोफाइलबाट भरेको पाइएको छ ।
सो कुरा थाहा भएपछि शाखाले उक्त संस्थालाई तुरुन्तै सम्पर्क गरी यस्ता गल्ती आइन्दा नदोहो¥याउने सर्त राखी लिखित माफी माग्न लगाएको छ । उनले लिखित माफी माग्न लगाइएको जानकारी दिँदै सुस्मा केसीलाई सेवा प्रवाह गरिएको बताए ।
यसैगरी थाइल्याण्डमा इन्टर्नसिपका लागि एउटै संस्थाबाट विभिन्न समयमा जाने २७ जना विद्यार्थीलाई एकै पटक नो अब्जेक्सन लेटर दिनका लागि कार्यालय परिसरमा दिइएको दवावलाई बेवास्ता गरी व्यक्तिगत रूपमा निज विद्यार्थीलाई तोकिएको दिन र समयमा नो अब्जेक्सन लेटर लिन भनिएको बताउँदै
शाखाका प्रमुख वस्तीले संस्था वा निकाय सबैलाई व्यक्ति सरह सेवा प्रवाहको सुविधा दिइने बताए । “कुनै पनि संस्था वा निकायका नाममा सामूहिक रुपमा एकै पटक नो अब्जेक्सन दिँदा सर्वसाधारणले पाउनुपर्ने सेवामा कटौती हुन जान्छ । यस्तो अन्यायपूर्ण प्रणालीलाई निरुत्साही गर्न खोजेका छौँ” उनले भने ।
पछिल्लो समय नो अब्जेक्सन लेटर लिन चाहनेहरुको भीड निकै बढेको छ । यसले गर्दा सो शाखाका कर्मचारी कार्यालय समयअघि नै काममा पुग्नुपर्ने वाध्यता सिर्जना भएको छ । कार्यालय समय दिउँसो एक घण्टा भए पनि बढीमा २० मिनेटमात्र सो समय खर्च गर्ने गरिएको उनले बताए ।
नो अब्जेक्सन लेटर लिन चाहनेको ओइरो निकै बढेपछि भनसुन गर्न लगाउने प्रवृत्ति पनि निकै बढेको छ । यसले गर्दा अन्य विद्यार्थी मारमा परेका छन् । “धेरैले सोर्स लगाउन आउँछन् । फोन गर्न लगाउँछन् । यसले गर्दा समयमा काम गर्न सकस भएको छ । तर हामीले त्यस्ता फोनलाई अवज्ञा गर्दै आएका छौँ” उनले भने ।