काठमाडाैं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको लुम्बिनी र गण्डकी प्रदेशको गणित, विज्ञान र गणित विज्ञान विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेको छ ।
आयोगबाट प्रकाशित निम्न माध्यामिक तह, तृतीय श्रेणी, शिक्षक पदको लागि लिइएको लिखित परीक्षाबाट अन्तवार्तमा छनोट भएका उम्मेदवारहरुको अन्तर्वाताको गणित, विज्ञान र गणित विज्ञान विषयको नतिजा प्रकाशन गरेको हो ।
यहाँबाट हेनुहोस नतिजा :
https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=248&fn=LUMBINI%20AND%20GANDAKI%20RESULT%20FINAL.pdf
शिक्षक सेवा आयोग: ‘पुनर्योग नतिजामा कुनै फेरबदल छैन’
शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (विषयगत) को नतिजा चित्त नबुझी पुनर्योगका लागि निवेदन गर्ने उम्मेदवारहरुको नतिजामा कुनै फेरबदल नभएको जनाएको छ ।
विज्ञप्ति अनुसार, “शिक्षक सेवा आयोगबाट मिति २०७९/०८/१० गते देखि २०७९/०८/१८ गते सम्म प्रकाशित निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (विषयगत)को नतिजा चित्त नबुझी
पुनर्योगका लागि निवेदन गर्ने उम्मेदवारहरुको नतिजा पुनर्योग गर्दा साविकको नतिजामा कुनै फेरबदल नभई यथावत रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि आयोगको मिति २०७९/०८/२६ को निर्णयनुसार सूचित गरिन्छ । ”
‘सी’ प्लस ग्रेड ल्याउन नसकेका विद्यार्थीले सोही विषयमा मात्र परीक्षा दिन पाउने
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले एसइइ परीक्षामा सी वा सी भन्दा कम ग्रेड प्राप्त गरी ग्रेड बृद्धि परीक्षामा सम्मिलित भएका र कम्तिमा सी ग्रेड प्लस प्राप्त गर्न नसकेकाले सोही विषयमा मात्र
परीक्षा दिन पाउने जनाएको छ । २०७९ साल बैशाख ९ गतेदेखि सञ्चालन भएको एसइइ परीक्षामा सहभागी भई ग्रेड बृद्धि परीक्षामा सी प्लस ल्याउन नसकेका विद्यार्थीले सोही विषयमा मात्र ग्रेड वृद्धि परीक्षा दिनु पेर्न स्पष्ट गरेको छ ।
साथै मंसिर ८ गते प्रकाशित २०७९ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई)मा सम्मिलित हुने परीक्षार्थीहरुको परीक्षा आवेदन फारामको सूचनामा ग्रेडवृद्धि परीक्षामा सम्मिलित हुन पाउने विद्यार्थीहरुको केही जिल्लाहरुले द्विविधा भएको भनी जिज्ञासा राखेको हुनाले स्पष्ट पारेको सूचना मार्फत जानकारी गराएको छ ।
सबै शिक्षा विकास निर्देशनालय, राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय र शाखा कार्यालय सबै, शिक्षा विकास तथा समन्वय इकाइलाई आग्रह गर्दै सूचनामा भनिएको छ
“२०७९ बैशाख ९ देखि सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भई सी वा सी भन्दा ग्रेड ग्रेड प्राप्त गरी २०७९ साल भाद्र ११ र १२ गतेको पुरक (ग्रेडबृद्धि) परीक्षामा
सम्मिलित भएका र कम्तिमा सी प्लस ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीले सोही विषयमा मात्र परीक्षा दिन पाउने भएकाले सोही अनुसार फाराम भराउने व्यवस्था गर्नहुन ।”