बाल गायक सचिन परियारको स्वास्थ्य अवस्था जटिल, आईसीयूमा उपचार हुँदै

काठमाडौं । बाल गायक सचिन परियार स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् । सचिनको त्रिवि शिक्षण अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । उनी बोल्न पनि नसक्ने अवस्थामा रहेका बताएको छ ।

बुधबार अस्पताल भर्ना भएका परियारको स्वास्थ्य अवस्था अहिले पनि सुधार हुन सकेका छैन । ९ वर्षको उमेरमा सचिन एकताका सामाजिक सञ्जाल र युट्युबमा निक्कै चर्चामा थिए ।

केही समय नेपाली लोकदोहोरीदेखि टेलिसिरियलसम्म निक्कै प्रयोग भएका सचिन केहीसमय यता गुमनाम भएका थिए ।

एक युट्युबमा अन्तर्वार्ता दिएर भाइरल भएका परियारले ‘रातो रबर एक’, ‘रूमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छायाँले’ लगायतका गीतहरू गाएका छन् ।

अभिनयबाट ब्रेक लिँदै सामन्था

साउथ अभिनेत्री सामन्था रुथ प्रभु हालका दिनमा अस्वस्थताका कारण अभिनयमा धेरै सक्रिय छैनन् । मायोसिटिस नामक रोगबाट पीडित उनी अब चाँडै नै लामो ब्रेक लिने तयारीमा छिन् ।

अस्वस्थताकै कारण उनले हालै रिलिज आफ्नो फिल्म ‘यशोदा’को पनि प्रचारप्रसार गर्न पाइनन् । सामन्था पूर्ण रुपमा स्वस्थ नभएसम्म अभिनयबाट ब्रेक लिने योजना बनाइरहेकी छन् ।

हिन्दी डब डेब्यू फिल्म ‘द फेमिली मेन २’को सफलता पछि उनले धेरै बलिउड फिल्ममा हस्ताक्षर गरेकी थिइन् । तर स्वास्थ्यका कारण सामन्थाले समय नदिने भएपछि निर्माताले सामन्थाको विकल्प खोज्न थालेका छन् ।

सामन्था अहिले विजय देवरकोण्डा अभिनित फिल्म ‘कुशी’को सुटिङ पुरा गर्ने तयारीमा छिन् । यो फिल्मको काम पूरा गरेपछि उनी केही समयका लागि फिल्मबाट टाढिने छिन् । यो फिल्मबाहेक अन्य फिल्मका लागि भने उनले तत्काल असम्भव भनेपछि निर्माताले विकल्प खोज्न थालिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *