कुन उमेरमा जन्माएको बच्चा हुन्छन् सबैभन्दा स्वस्थ हुन्छ ? थाहा पाउनुस् बच्चा जन्माउने उपयुक्त उमेर

स्वास्थ्यको आधारमा विवाह पछि बच्चा जन्माउने उपयुक्त उमेर २० देखि ३० वर्ष रहेको छ । एक महिलाको जति उमेर बढ्दै गयो जोखिम पनि उत्तिकै थपिदै जान्छ । स्वास्थ्यको दृष्टिले हेर्ने हो भने ३५ वर्ष सम्मका महिलाले बच्चा जन्माउन सक्छन् । २० वर्ष भन्दा कम उमेरमा विवाह गरेर बच्चा जन्माउनु पनि आमा र बच्चा दुवैको लागि खतरनाकर हुन्छ ।

यदि महिलाको उमेर १९ वर्ष भन्दा कम रहेको छ भने ती महिलाले बच्चा जन्माउनको लागि केही समय कुर्दा नै राम्रो हुन्छ। उमेरले ३५ वर्ष नाघिसकेका महिलाबाट जन्मेका बच्चामा पनि डाउन्स सिन्ड्रोमजस्तो

जन्मजात बिकार आउने सम्भावना धेरै रहेको हुन्छ ।बच्चा कुन उमेरमा जन्माउँदा उचित हुन्छ भन्ने विषयमा सोच्दै हुनुहुन्छ भने २० देखि ३० वर्षको उमेरमा जन्माउनु स्वास्थ्यको लागि ६० गुणा बढी फाइदा रहेको छ ।

१९ वर्ष भन्दा कम उमेरमा बच्चा जन्माउँदा पनि गर्भवती महिलामा मृत्यु हुने जोखिम बढी हुन्छ । ढिलो विवाह गर्ने पुरुषहरुमा प्रजननशक्तिमा कमजोरी आउँछ । यस्ता पुरुषको शुक्राणुमा गति हुँदैन् । उमेर बढ्दै जाँदा पुरुषको शुक्राणु बन्ने संख्यामा समेत कमी हुन्छ । यस्ता पुरुषबाट कमजोरी बच्चा बस्ने सम्भावना बढी हुन्छ । त्यस्तै बढ्दै गएको उमेरको कारण महिलाको अण्डाको गुणस्तरमा पनि ह्रास आउँछ ।

बढ्दो उमेर अतिरिक्त आधुनिक जीवनशैली, तनाव प्रदुषण जस्ता कारण तत्वको कारण प्रजननमा समेत असर पर्छ । उमेर बढेसँगै उच्च रक्तचाप, मधुमेह थाइराइड जस्ता समस्याहरु प्रजनन शक्तिको लागि बाधक बन्छन् । यस्तै धेरै उमेर भएका महिलको लागि गर्भसयमा ट्युमरको समस्या आउन सक्छ ।

यो पनि पद्नुहोस: दागका कारण लज्जित हुनुहुन्छ ? यसरी गर्नुहोस् केही दिनमै गाएब

सानो छँदा कति पटक लड्नुभयो होला । चोटपटक लाग्यो होला। त्यसबेलाको दाग अहिलेपनि होला। अथवा काम गर्दा तपाईको हातखुट्टामा सानोतिनो चोट लाग्यो होला। चोट त निको भएको होला ।

तर, दाग अझै बाँकी हुनसक्छ। छालाको यस्तो दाग तपाईंलाई असहज लागिरहेको पो होला कि? अनुहार तथा छालामा बसेको दागकै कारण व्यक्तिको सौन्दर्यतामा समेत आँच आउने गर्दछ।

त्यसैले, पछिल्लो समय मानिसहरु यस्ता दाग हटाउन विभिन्न उपाय अपनाउने गर्दछ। विशेषगरी, लेजर ट्रिटमेन्ट, सर्जरीद्धारा पनि मानिसहरु यस्ता दाग हटाउन हरसम्भव प्रयास गर्दछन्। यस्ता प्रयास महँगो त हुन्छ नै, कम हुन्छ भन्ने पनि हुँदैन । जबकी केही घरेलु उपाय अपनाएरै पनि चोटका कारण लागेको यस्ता दाग प्राकृतिक रुपमै हटाउन सकिन्छ।

कागती
शरीरमा भएको दाग मेटाउनका लागि कागतीको प्रयोग पनि राम्रो मानिन्छ। कागतीमा प्राकृतिक व्लिचिङ्ग गुण रहेको हुन्छ, जुन चोटका करण शरीरमा लागेको दाग कम गर्न सहायक मानिन्छ।

तर कुनै पनि दागमा कागतीको प्रयोग गर्दा त्यसलाई सिधै घाउमा लगाउनु हुँदैन। कागतीको रसलाई कपासको सहायताले घाउमा लगाउनु पर्छ । यो प्रकृयालाई लगातार एक हप्तासम्म दोहर्‍याएको खण्डमा यो समस्या क्रमश कम हुँदै जान्छ।

बेसार
बेसारमा प्राकृतिक व्लिचिङ्ग गुण हुन्छ, जसले घाउका कारण लागेको दाग कम गर्नमा मद्दत गर्छ । बेसारलाई मह वा दहीमा मिसाएर दागमा लगाउनु पर्छ । यति गरेमा यो दाग क्रमश कम हुँदै जान्छ।

मह
महद्धारा पनि घाउको दागलाई सजिलै मेटाउन सकिन्छ। महमा कागतीको रस मिसाएर छिट्टै दाग कम हुने गर्छ।

काक्रोँ
शरीरलाई स्वस्थ राख्न तथा छालालाई नरम बनाउन तथा शरीरलाई हाइड्रेट राख्न काक्रो लाभदायक मानिन्छ। काक्रोको पेस्टलाई नियमित रुपमा ठाउँमा लगाएको खण्डमा मात्र पनि घाउका कारण भएको दाग विस्तारै कम भएर जान्छ।

चन्दन
चन्दन पनि अनुहारको लागि राम्रो मानिन्छ। चन्दनको पाउडरमा दुई चम्चा दूधको साथमा गुलाव जल मिसाएर त्यसको पेस्टलाई घाउमा लगाएर करिब एक घण्टा सुक्नको लागि छोड्नु पर्छ। अब यसलाई चिसो पानीले धुनु पर्छ। यो प्रकृया नियमति रुपमा अपनाएको खण्डमा अनुहारको दाग क्रमश कम हुँदै जान्छ।

एलोभेरा
एलोभेरा जेल अनुहारका लागि निकै फाइदाजनक मानिन्छ । यो जेललाई राती सुत्नु अगाडी दाग भएको ठाउँमा लगाउनाले दागमा फाइदा हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *