घरमा सुख र शान्तिका लागि राख्नुहोस् यी चार चिज, देवी देवता हुनेछन् प्रशन्न !

कतिपय मानिसलाई जीवनमा पैसाको सधै अभाव हुने गर्छ । जीवनमा सफल हुनका लागि व्यक्ति दुस्ख मेहनत गरेर पैसा कमाउछ, तर कयौं पटक धन सम्बन्धि समस्याहरुको बारेमा चिन्तित रहनछ भने यसको कारण

आफ्नो घरमा रहेको वास्तु दोष हुन सक्छ । यस्तो दोषबाट मुक्ति तथा धन र सुखको लागि वास्तुशास्त्रमा केही चिजका बारेमा बताइएको छ । जुन चीज घरमा राख्दा सधैँ सुख, शान्ति र समृद्धि छाइरहन्छ। साथै देवी लक्ष्मीको कृपा बनिरहन्छ। आउनुहोस् जानौँ कुन कुन हुन् ती चीजः

चन्दन: पूजामा चन्दनको प्रयोग निकै शुभ मानिन्छ । चन्दनको सुगन्धले घरमा नकारात्मक ऊर्जा कम भएर जान्छ र शान्तिको माहोल उत्पन्न हुन्छ । त्यसैले घरमा थोरै भए पनि चन्दन राख्ने गर्नुपर्छ ।

घिउ: घिउ खानु स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ । घरमा घिउ कहिल्यै पनि टुटाउनु हुँदैन । घिउ हालेर बत्ती बाल्दा त्यसको सकारात्मक ऊर्जा घरमा पैदा हुन्छ ।

पानी: घरमा सफा पानी राख्नुको महत्व धेरै छ । यसले कुण्डलीमा देखिएका धेरै दोष निवारण गर्छ ।

मह: महको स्वाद जोकोहीलाई पनि राम्रो लाग्छ । वास्तु दोष हटाउन महको धेरै भूमिका हुन्छ । नकारात्मक ऊर्जा न्यूनीकरणका लागि घरमा सधैं मह राख्ने गर्नुपर्छ ।

वीणा: वीणा घरमा राख्नाले बच्चा या परिवारका अन्य सदस्यमा बुद्धिको विकास हुन्छ । यसले हरेक स्थितिमा धैर्यता राख्न शक्ति प्रदान गर्छ ।

चना भिजाएको पानी पिउँदा अनेक फाइदा

चना स्वास्थ्यका लागि हरेक तरिकले फाइदाजनक हुन्छ । भनिन्छ, दैनिक एक मुठ्ठी चना खाएमा सानातिना रोगहरूबाट बच्न सकिन्छ । चना भिजाएर चनाको पानी पिउनु पनि एकदमै फाइदाजनक मानिन्छ । यसरी भिजाइएको पानीमा प्रशस्त मात्रामा प्रोटीन, कार्बाेहाइड्रेट्स, फ्याट, फाइबर, क्याल्सियम, आइरनलगायतका कयौं भिटामिनहरू पाइने गर्दछ ।

यी हुन् चनाको पानी पिउनुका फाइदा

प्रतिरक्षा बढाउँछ : चनाले शरीरमा पोषण दिन्छ । चनामा भिटामिनका अलावा क्लोरोफिल र फोस्फोरस जस्ता खनिज पदार्थहरू पनि पाउन सकिन्छ । चना भिजाएको पानीले शरीरमा प्रतिरक्षा बढाउन मद्दत गर्दछ ।

पेटको समस्याबाट मुक्ति : पेटको समस्याबाट मुक्ति पाउनका लागि चनाको पानी उपयुक्त मानिन्छ । अदुवा, जिरा र नुनलाई मिसाएर कुट्ने र चनाको पानीमा मिसाएर खाँदा पाचनसम्बन्धी रोगबाट मुक्ति पाउन सकिन्छ ।

मोटोपनबाट बच्न : मोटोपनबाट बच्नका लागि पनि चनाको पानी रामवाण मानिन्छ । चनालाई भिजाएर राख्ने र कुकुरमा सिठी लगाएर पकाउने । त्यसलई छानेर पानीमा बिरेनुन, बेसार, ज्वानो र जिराको पाउडर मिलाएर पिउन सकिन्छ । यसले तपाईको पेट (बेली फ्याट बर्न गर्न) कम गर्न मद्दत गर्दछ ।

मधुमेहमा फाइदाजनक : यदि तपाई मधुमेहबाट पीडित हुनुहुन्छ भने चना पानी पिउन सुरु गर्नुस् । २५ ग्राम कालो चना राती भिजाउने र बिहान खाली पेट छानेर खाने गर्नुपर्छ । यसले ब्लड सुगर नियन्त्रित गर्दछ । यसले छिटो छिटो पिसाब लाग्ने मधुमेहको समयस्यालाई पनि कम गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *