चितवनबासीलाई रविले भने- समस्या परे ह्वाट्स एपमा म्यासेज गर्नू

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केही परे आफूलाई ह्वाट्स एपमा म्यासेज गर्न सक्ने बताएका छन्। बिहीबार फेसबुकमा स्टाटस राख्दै उनले चितवन-२ का नगरबासीलाई ह्वाट्स एपमार्फत् म्यासेज गर्न आग्रह गरेका हुन्।

‘हामीलाई संसदसम्म पुर्‍याउन मद्दत गर्नु हुने देश तथा विदेशमा समेत रहनुहुने सम्पूर्णमा आभार व्यक्त गर्दछौं,’ उनले लेखेका छन्, ‘मलाई विश्वास गरेर सर्वाधिक मतान्तरले विजयी गराउनु हुने चितवन-२ का आदरणीय मतदाता ज्यूहरूलाई विशेष धन्यवाद दिन चाहन्छु। देशभरिका नागरिकका मुद्दा हाम्रो जिम्मेवारी हो। तर सुरूआत चितवन-२ बाट गर्दैछु।’

‘चितवन-२ मा जे परे पनि मलाई सूचना दिनु होला’, उनले अगाडि लेखेका छन्।  ‘हेलो रवि’ भनी ९८५१३६०५५५ मा ह्वाट्स एपमार्फत् म्यासेज गर्न उनले नम्बर सार्वजनिक गरेका हुन्।  यस्तै, उनले अन्य प्रत्यक्ष निर्वाचित सांसदले पनि आफ्ना मतदाताका लागि आफ्नो नम्बर सार्वजनिक गर्ने बताएका छन्।

मधेसमा आफ्नै नेतृत्वमा सरकार बनाउन कांग्रेसले थाल्यो पहल

नेपाली कांग्रेसले मधेस प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल थालेको छ । बिहीबार (हिजो) बसेको प्रदेश कार्यसम्पादन समितिको बैठकले प्रदेश सभापतिसमेत रहेका नवनिर्वाचित सांसद कृष्णप्रसाद यादवलाई आफ्नै नेतृत्वमा सरकार गठनका लागि दलहरूसँग समन्वय गर्ने जिम्मेवारी दिएको छ ।

पार्टीका प्रदेश प्रचारप्रसार प्रमुख नितेशकुमार गुप्ताले दिएको जानकारी अनुसार बिहीबारको बैठकले सभापति यादवलाई समन्वयका लागि सम्पूर्ण अधिकारसहितको जिम्मेवारी दिइएको छ ।

“कांग्रेसको नेतृत्वमा प्रदेश सरकार गठन गर्नका लागी पार्टी केन्द्रीय नेतृत्व सँग समन्वय गरी गठबन्धनमा रहेका दलहरू लगायतसँग वार्ता, संवाद र छलफल प्रक्रिया प्रारम्भ गर्ने जिम्मेवारी प्रदेश सभापती कृष्णप्रसाद यादवज्यूलाई अधिकार दिने निर्णय हाम्रो बिहीबारको बैठकले निर्णय गरेको छ,” उनले भने ।

कांग्रेसले प्रदेश संसदीय दलको नेता चयनका लागि तीन सदस्यीय समितिसमेत गठन गरेको छ । पार्टी उपसभापति चन्द्रशेखरकुमार यादवको संयोजकत्वमा समिति गठन गरिएको हो । समिति सदस्यहरूमा महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ र सहमहामन्त्री विन्दुकुमारी यादव छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *