बाटोमा भेटाएको पैसा टिप्नु शुभ की अशुभ ? मिल्छ यस्तो संकेत थाहा पाइरहनुस् !

कयौँपल्ट बाटोमा हिँड्दा हामीहरुले बाटोमा रुपैँया वा सिक्का भेट्टाउने गछौँ । कसैले भेटिएको पैसा आफैँसँग राख्छन् त कसैले दान गर्छन्।ज्योतिषशास्त्रले भने बाटोमा भेटिएको पैसाको कारण र संकेत बताएको छ ।

त्यसोभए बाटोमा पैसा भेटिए के हुनसक्छ त त्यसको मतलब ? ज्योतिषका अनुसार सडक वा बाटोमा पैसा भेटियो भने यसको अर्थ तपाई निकै नै महत्वपूर्ण हुनुहुन्छ। यसका साथै यस्ता व्यक्तिलाई निकै मनकारी व्यक्तिको रुपमा मानिन्छ।

 

यदि बाटोमा सिक्का भेटियो भनेः यदि तपाईले बाटोमा सिक्का भेट्टाउनु भयो भने ज्योतिषको अनुसार यो एक नयाँ जिन्दगीको सुरुवातको संकेत हुन्छ। मानिन्छ कि तपाईलाई सफलता मिल्नेवाला छ र तपाईसँग सकारात्मक घटना घट्नेछ।

सडकमा रुपैँया भेटियो भनेः यदि तपाईलाई सडकमा रुपैँया भेटियो भने सम्झनुहोस् कि तपाईको जीवनमा सही बाटो रोज्नुभएको छ र त्यसमै अघि बढ्दा राम्रो हुनेछ।

बाटोमा भेटिएका यी चीज नछुनुहोस्

कपाल : यदि तपाईले बाटो हिड्दै गर्दा कपालको पोके देख्नुभएको छ भने त्यसबाट जोगिएर हिड्नुहोला । किनकी शास्त्रले शरिरबाट झरेको कपाललाई पनि अपवित्र मान्छ ।

तन्त्रमन्त्रका चिजहरु : कतिपयले नराम्रो नजर उर्तान, तन्त्रमन्त्र प्रयोग गर्ने गर्छन्। त्यस्त चिजलाई सडक वा चौबाटोमा फालेका हुन्छन् । जस्तै खुर्सानी, कागती, अण्डा, फर्सी, सिन्दुर जस्ता कुराहरु बाटोमा भेटे बेवास्ता गरेर हिड्नुर्पछ ।

फोहोर कपडा : बाटोमा सिहड्दै गर्दा फोहोर कपडा भेटेमा त्यस्ता चिजहरुबाट समेत बचेर हिड्नुर्पछ । यस्ता कपडाहरुले पनि अपवित्र बनाउछ ।

खरानी : कहिलेकाही बाटोमा हिड्दा खरानी भेटिन्छ । त्यसबाट बचेर हिड्नु राम्रो हुन्छ । किनकी यस्ता खरानीहरु कुनै तन्त्रमन्त्र गरेर राखेको पनि हुन् सक्छ ।

मृत पशु : यदि कतै मृत पशु देखेमा पनि बचेर हिड्पर्छ । मृत पशु छुनाले दोष लाग्न सक्छ। यदि छोइहालेमा पनि नुहाउनुपर्छ।

नुहाएको पानी : शहर बजारका मानिसहरु बाथरुममा नुहाउँछन् । तर गाउघरमा धारा, पधेँरा, कुवा, वा ट्वाइलेट नजिकै नुहाउने गर्छन् । नुहाएको पानी सडकका बगिरहेको हुन्छ। यदि बाटोमा हिड्दा यसरी बगेको पानी देखेमा छलेर हिड्नुपर्छ।

बर्राे नै नचिन्ने छ नेपाली पुस्ता तर बर्रोमा हुन्छ यस्ताे गुणकारी तत्व

बर्राे एक पतझर जातिको रुख हो । आयुर्वेदमा त्रिफलाको रुपमा व्याख्या गरिएको यो एक बहुउपयोगी वनस्पति हो । वनस्पति विभागका अनुसार बर्राे नेपालबाहेक पनि भारत, पाकिस्तान, श्रीलंका, बर्मा, थाइल्याण्ड, इण्डोनेसिया, चीन, मलेसिया लगायत नेपालको उष्णप्रदेशीय जंगलहरूमा ३०० मिटरदेखि ११ सय मिटरसम्मको दुरीमा पाउन सकिन्छ ।

मंसिरदेखि फागुन महिनासम्म बर्राेको फल संकलन गर्ने गरिन्छ । फल संकलनगर्दा हाँगाहरू हल्लाएर फललाई भुइँमा झार्नुपर्छ अथवा हातले नै टिपेर संकलन गर्दा पनि हुन्छ । खासगरी यसका फल बाँदरले खाने भएकोले पाक्नेबित्तिकै संकलन गर्नुपर्ने वनस्पति विभागले जनाएको छ।

कस्तो बर्राे औषधीय गुणले युक्त हुन्छ – बर्राेको फल संकलन गरिसकेपछि किराले नखाएका, पुष्ट र राम्रा दानाहरु छुट्ट्याएर घाममा सुकाइसकेपछि बोरामा हाली ओभानो ठाउँमा भण्डार गर्नुपर्छ । साधारणतया संकलित काँचो फल सुकाउँदा १० प्रतिशत तौल घट्छ ।

बर्राेलाई केका लागि उपभोग गर्ने ? – यसको फल ज्वरो नियन्त्रण गर्न, खाना पचाउन, दाँत बलियो बनाउन, घाँटी दुखेकोमा, कब्जियत, पखाला, दादुरा, गिँजाबाट रगत बग्न रोक्न, स्वर खुलाउन, आँखाको संक्रमण, आदिमा प्रयोग गरिन्छ । गाउँघरमा बर्रोको ताजा फल मसी बनाउन पनि प्रयोग गरिन्छ ।

त्यस्तै, प्यास, झाडावान्ता, अल्सर, ब्रोन्काइटिस आदिमा औषधिको रूपमा पनि यसको प्रयोग हुन्छ । बिउबाट निकालेको तेल कपालको लागि राम्रो मानिन्छ । फलको बोक्रा घाममा सुकाई बनाएको चुर्ण तातोपानीसँग खानाले खोकी, दम,

कब्जियत, रक्त अल्पताको लागि फाइदा गर्छ । पखाला, जुलाफ, अल्काइ र टाउको दुखाइमा समेत यसको प्रयोग भएको पाइन्छ । आँखामा संक्रमण भएको अवस्थामा एकरात बर्राेको फल भिजाएको पानीले आँखा धोएमा आँखालाई समेत यसले फाइदा हुन्छ ।

तिब्बती प्रणालीमा बर्रोको बोक्रा कलेजो र फियोको संक्रमणमा प्रयोग भएको पाइन्छ । राउटे जातिले कमलो बर्रोको रस ज्वरो घटाउनका लागि उपयोग गर्छन । यसको काठ बलियो हुन्छ र काठलाई डुङ्गा र अन्य कृषि औजारहरु बनाउनमा प्रयोग गरिन्छ । आयुर्वेदिक औषधि त्रिफला हर्रो, बर्रो र अमलाको संमिश्रण हो ।

बर्रोको धूलो कब्जियतमा उपयोगी मानिन्छ । फलको गुदीदार भाग दाँत बलियो बनाउन एवं गिँंजाबाट रगत आउने रोगमा प्रयोग गरिन्छ । यसको बोक्रा र बिउमा भएको ट्यानिन छालामा चमक ल्याउन र धेरै वर्षसम्म टिकाउ बनाउन छाला उद्योगहरुमा प्रयोग गरिन्छ ।

यसको बिउबाट ३८ प्रतिशत तेल निस्कन्छ जुन तेल छालाको रोग, साबुन बनाउन र कपालको सुन्दरताको लागि उपयोगी हुन्छ । बिउमा भएको प्रोटिनबाट गम बनाउन सकिन्छ । बिजपत्र निकालेको बिउमा भएको अक्जालिक एसिड मसी बनाउन प्रयोग हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *