काठमाडौं । करण राई ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनका विजेता बनेका छन् । आज भएको ग्राण्ड फिनालेमा उनले नगद २५ लाख रुपैयाँसहित पुरस्कार प्राप्त गरे । करणले टिम राजुबाट प्रतिस्पर्धा गरेका थिए । टिम राजेश समूहबाट सविना योङहाङ लिम्बू फस्ट रनरअप घोषित भइन् ।
टिम प्रमोदबाट योगेश मगर सेकेण्ड रनरअप घोषित भए । टिम प्रविशा अधिकारीबाट साहिल लिम्बु थर्ड रनरअप बने । दर्शककाे भोटको आधारमा विजेता घोषित गरिएको जनाइएको छ ।
विजेता बनेका करणले नगद २५ लाखसहित पल्सर एन१६० मोटरसाइकल, साढे दुई तोला सुन, ग्यालेक्सी जेड फोल्ड फोर पुरस्कार प्राप्त गरे ।
देविका वन्दना र कुमार सानुको स्वरमा ‘तिम्रो मायाको सागरमा’ सार्वजनिक
साहित्यकार एवं गीतकार सुरेन्द्र महर्जन ‘अमर’ को रचना रहेको तथा चर्चित संगीतकार सन्तोष श्रेष्ठको संगीतमा रहेको गीत ‘तिम्रो मायाको सागरमा’ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
गीतमा लोकप्रिय गायिका देविका वन्दना र चर्चित भारतीय गायक कुमार सानुको स्वर रहेको छ ।
बिहीबार काठमाडौंमा प्रिमियर गरिएको ‘तिम्रो मायाको सागरमा’ भिडियो आफूले सोचेभन्दा राम्रो भएको रचनाकार सुरेन्द्र महर्जन अमर र संगीतकार सन्तोष श्रेष्ठको भनाइ रहेको छ ।
गायिका देविका वन्दनाले गीतकार सुरेन्द्र महर्जन अमरका मायालु प्रेमिल शब्दहरूलाई सन्तोष श्रेष्ठको जादूमय संगीतले कर्णप्रिय बनाएको बताइन् ।
‘हामीले निकै मेहनत गरेर यो गीत तयार पारेका छौं, गीत रोमान्टिक शैलीको बनेकाले भिडियोमा रोमान्टिक जोडीलाई नै अभिनय गराउनु पर्छ भन्ने लागेर प्रियंका कार्की र आयुष्मान देशराज जोशीको जोडीलाई अभिनय गराइएको हो ।’
गीतको म्युजिक भिडियोमा अभिनेता आयुष्मान देशराज जोशी तथा अभिनेत्री प्रियंका कार्कीको रोमान्टिक जोडीलाई प्रस्तुत गरिएको छ ।
भिडियो हेरेपछि प्रतिक्रिया दिँदै अभिनेत्री प्रियंका कार्कीले पहिलो पटक गीत सुन्नेबित्तिकै यसमा काम गरौं, गरौं भएको बताइन् । अभिनेता आयुष्मान देशराज जोशीले पनि गीतको मेलोडीले आफूलाई तानेको बताए ।
भिडियोमा काम गरिरहँदाको क्षण शब्दमा व्यक्त गर्नै नसकिने रोमाञ्चक रहेको अभिनेत्री प्रियंकाको भनाइ छ । निकेश खड्काले निर्देशन गरेको भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन् ।