पहिला नम्बर सुनकाे भाउ ह्वात्तै घट्याे, ताेलाकाे कति ?

काठमाडौँ । स्थानीय बजारमा सुनको भाउ एकै दिन ११ सय रुपैयाँले घटेको छ ।

बिहीबार नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार वुधबारको तुलनामा सुन प्रतितोला ११ सय रुपैयाँले घटेर ९२ हजार रुपैयाँ कायम भएको हो ।

वुधबार सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन समेत प्रतितोला ११ सयले नै घट्दै ९१ हजार ५०० रुपैयाँ कायम भएको छ ।

चाँदीको पनि प्रतितोला २० रुपैयाँ घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला २० रुपैयाँले घट्दै एक हजार ३४० रुपैयाँ कायम भएको छ ।

 

Leave a Reply

Your email address will not be published.