प्रचण्डसँगै को-को पुगे शितल निवास ? हेर्नुस् तस्विर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गठनका लागि राष्ट्रपति समक्ष दाबी पेश गरेका छन् ।

यो दाबी पेश गर्न नेकपा माओवादीसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीका नेताहरु शितल निवास पुगेका छन् ।

यस्तै स्वतन्त्र उम्मेदवार भएर चुनाव जितेका कांग्रेसका पूर्व नेता अमरेशकुमार सिंह, पूर्व एमाले नेता प्रभु साह पनि शितल निवास पुगेका छन् ।

शितल निवासमा पुगेका नेताहरुको तस्वीर हेर्नुहोस् ।

प्रधानमन्त्रीका लागि माओवादी अध्यक्ष दाहालद्वारा दाबी पेश

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दाबी पेश गरेका छन्।

आइतबार साँझ राष्ट्रपति कार्यालय पुगेका दाहालले सात दलको समर्थनमा प्रधानमन्त्रीका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष दाबी पेश गरेका हुन्।

उनले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके), नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सथर्मनमा दाबी पेश गरेका हुन्।

सात दलका अध्यक्षले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, ‘हामी हस्ताक्षरकर्ता दलहरूले प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य संख्या कुल प्रतिनिधि सभा सदस्य संख्याको बहुमत रहेको हुँदा उहाँलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री पदमा नियुत्तः गरिदिनहुन अनुरोध छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *