काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सात राजनीतिक दलसहित तीन स्वतन्त्र सांसदको समर्थन रहेको छ ।
नेकपा एमाले ७८, माओवादी केन्द्र ३२, रास्वपा २०, राप्रपा १४, जनमत पार्टी ६, नागरिक उन्मुक्ति पार्टी ४, जनता समाजवादी पार्टी १२, स्वतन्त्र सांसदहरु प्रभु साह, किरणकुमार साह र डा. अमरेश सिंहको समर्थन रहेको छ ।
सात दलका अध्यक्षले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, ‘हामी हस्ताक्षरकर्ता दलहरूले प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य संख्या कुल प्रतिनिधि सभा सदस्य संख्याको बहुमत रहेको हुँदा उहाँलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री पदमा नियुत्तः गरिदिनहुन अनुरोध छ।’
कांग्रेस सांसदलाई गराइयो हस्ताक्षर
नेपाली कांग्रेसका सांसदहरूको हस्ताक्षर संकलन गरिएको छ । प्रतिनिधिसभाका सांसदहरूको हस्ताक्षर संकलन गरिएको एक सांसदले जानकारी दिए ।
कांग्रेस सांसदहरूलाई सादा (खाली) कागजमा हस्ताक्षर गराइएको छ । उक्त कागजमा केही सांसदले हिजो हस्ताक्षर गरेका थिए । केहीले शनिबार बालुवाटारमा पुगेर हस्ताक्षर गरेको ती सांसदले बताए ।
सरकार गठनलगायत गृहकार्यका लागि सांसदहरूको हस्ताक्षर संकलन गरिएको ती नेताको भनाइ छ ।