सर्वोच्चलाई ओलीको लिखित जवाफ–अदालतले प्रधानमन्त्री नियुक्त गर्न सक्दैन

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले प्रधानमन्त्री नियुक्त गर्न नसक्ने बताएका छन् ।सर्वोच्च अदालतलाई प्रतिनिधिसभा विघटनको कारणबारे लिखित जवाफ दिँदै अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न नसकने बताए ।

प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ ले प्रधानमन्त्री नियुक्ति गर्ने अधिकार राष्ट्रपतिबाहेक कसैलाई नदिएको भन्दै अदालत आफैंले व्यवस्थापिका वा कार्यपालिकाको भूमिका निर्वाह गर्न नसक्ने उल्लेख गरेका छन् । १८ बुँदे लिखित जवाफमा उनले भने यो नितान्त राजनैतिक प्रक्रिया भएकाे बताएका छन् । उक्त मुद्धामाथिकाे सुनुवाइकाे क्रममा सर्वाेच्च अदालतले केहीदिन अघि प्रधानमन्त्रीसँग लिखित जवाफ माग गरेका थियाे ।

प्रतिनिधिसभा विघटनविरुद्ध १४६ सांसदले दायर गरेको रिटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न समेत माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *