हरी पूर्व निरौला
नेपालमा कहिले के हुन्छ यो कसैको बसको कुरा हैन। ओली बा’ले धोका दिए। भनेर सडक मै उत्रिएका माहोबादी अध्यक्ष कमरेड पुष्प कमल दाहाल प्रचण्ड अहिले कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउबाको अडानका कारण गठबंधन तोडेर पुनः ओली बाको छाहारीमा गएर आफ्नो प्रधानमन्त्री बन्ने सपना पूरा गर्न सफल भएका छन्।
यता कांग्रेसमा भने भना भन र आरोप प्रत्यारोप सुरु भएको छ। कति न मन्त्री पद भेटिन्छ भनेर पार्टीको संसदिय दलको को नेता मा देउवालाई जिताउने संसाद पनि ट्वा परेका छन्। आहिले आएर सबैलाई पश्चाताप भाइरको छ। आम चुनावमा रणनीति कसेर आफू पहिलो दल बन्न सफल भए पनि प्रदेश देखि केन्द्रीय राजनीतिमा आफू एउटा प्रतिपक्ष को भुमिकामा सीमित हुनु परेको अवस्था छ कांग्रेसलाई।
कांग्रेसका वरिष्ठ नेताले आफ्ना युवा नेता हरुको आवाज लाई नसुन्दा आज यो अवस्थामा पुगेको छ कांग्रेस ।विज्ञहरुको आँकलन छ अब कुनै समय भारतको गान्धी कांग्रेसको हालमा कांग्रेस न पुग्ला भन सकिदैन।
यतिकै मा समकक्षी भारत मा नेपालको राजनीतिक घटनाले उथल पुथल छ। सबै मिडियामा तामझामको साथ नेपाल को ब्रेकिङ न्युज बजिरको देख्न सकिन्छ। भारतीय राजनीति विज्ञ हरुको विश्लेषण पनि आउने क्रम जारी छ। कोई भन्छन् अब नेपालमा विकासको लहर चल्छ अनि बाम एकताको दिशामा देश अगाडि बढ्छ जस्ता विविध कुराहरू आइरहेका छन्।
आखिर किन यति चासो छ भारत लाई नेपालको राजनीतिको। नेपाल ले कैले पनि भारतको राजनीति गतिविधि लाइभ टेलिकास गर्दैन तर भारतीय मिडियाले किन लाइभ टेलिकास गर्ने गर्दछ? के भारतलाई नेपालको राजनीति मा दखल न गरी खाना हजाम हुँदैन कि कसो?
नेपाल मा केही थाहा छैन भारतमा चीन विरोधी गतिविधि सुरु भइसके । हुन त यसै पनि भारतले नेपालको बाम एकता मन पराउँदैन। तहीँ माथि अब त सरकारमै ढली मली गर्दै छ कम्निस्टले। भारतले भनेको लुरुक्क मान्ने कांग्रेस पर्यो त्यसैले होला कम्निस्तलाई मन न पराएको।
ठिकै छ अब चासो छ अब नयाँ बने किचलो को सरकारले कस्तो नीति कार्यक्रम ल्याउने हो यो हेर्न भने बाँकी नै छ अब अझै धेरै काम बाँकी नै छ। प्रदेश को मुख्य मन्त्रीको टुंगो लगाउनै छ अनि मन्त्री हरुको भाग भण्डा धेरै काम छ।
अबको नेपालको विकास र राजनीति कसरी अगाडि बढ्ने हो भन्ने कुरा अझै अन्यौल नै छ । जनता हरु उत्सुक हुने स्तिथि छैन। बस हेर्दै जाऊ के हुन्छ अब अगाडि।
राज नेताको छवि बनाएका ओली बा ले कस्तो रोल प्ले गर्ने हुन यसैमा छ मुख्य कुरा अब आउँदा दिनमा।सबै विरोधी एकै ठाउँमा मिलाएर प्रचण्ड प्रधानमन्त्री बनाउन सक्ने ओली बा अब आउँदा दिनमा पनि मिलाएर नै लाग्छन् भन्ने आशा गरौं। जय नेपाल।