प्रकाश सपुतले ल्याए करोडौँ नेपालीको मन छुने नयाँ गीत, भिडियो हेर्दा रगत उम्लिन्छ (भिडियो)

काठमाडौँ । बहुचर्चित लोक तथा दोहोरी गायक प्रकाश सपुतको नयाँ गीत मेरो पनि हैन यो देश बोलको गीत सार्वजनिक भएको छ । शुक्रबार साँझ गायक सपुतको युट्युव च्यानलबाट गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । सार्वजनिक भएको केही घण्टा मै लाखौँले हेरिसकेका छन् ।

राष्ट्रभक्ति भावले ओतप्रोत गीत क्रान्तिकारी शैलीको छ । बडो रचनात्मक रुपमा प्रस्तुत गीतमा नेपालीको यथार्थ चित्रण छ । हिमाल पहाड तराई पूर्व पश्चिम सबै भेगको प्रतिनिधित्व गरी प्रस्तुत गीतमा मूलुकका सबै पक्ष समेट्ने प्रयास छ ।

देशकै नागरिक भए पनि अनागरिकको अनुभुति गर्नु परेको विषय उठान गरिएको गीतको शब्द संगीत गायक सपुत कै रहेको छ । सामुहिक स्वरमा देवेन्द्र बब्लुु, सुनिल विक, अमित सुनार, विशाल घिमिरे, आकाश नेपाली, प्रेमा राना मगर, ज्ञानु परियार, पार्वती सुवेदी, मीना श्रीस र रुपी सिंजाली मगरले साथ दिएका छन् ।

Leave a Reply

Your email address will not be published.