५३ हजार १५८ शिक्षक दरबन्दी अभाव, बालविकास शिक्षकलाई प्रावि तृतीय श्रेणी सरह सेवा सुविधा !

काठमाडाैं । विभिन्न तहमा अझै ५३ हजार १ सय ५८ जनाक शिक्षकको दरबन्दी नपुग रहेको एक प्रतिवेदनले औँल्याएको छ ।

राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य पुष्परमण वाग्ले नेतृत्वको टोलीले सार्वजनिक गरेको प्रतिवेदनमा माध्यमिक तहमा २४ हजार ३ सय ८४ विषयगत शिक्षक र अन्य तहमा समेत गरी जम्मा नपुग ५३ हजार १ सय ५८ थप शिक्षकको व्यवस्था गर्न सरकारलाई सुझाएको हो ।

विद्यालय शिक्षामा स्रोत साधानको उचित व्यवस्थापन, गुणस्तर अभिवृद्धि र प्रभावकारी सुपरीवेक्षणको व्यवस्थाका लागि सुझाव दिन गठित समितिले पुसको पहिलो साता सरकारलाई बुझाएको प्रतिवेदनमा विद्यार्थी शिक्षकको अनुपात ३०ः१ मा लैजाँदा अझ बढी शिक्षक दरबन्दी रिकत हुने औँल्याएको छ ।

सो प्रतिवेदनले ६ हजार ४३० माध्यमिक विद्यालयमा गणित, विज्ञान र अङ्ग्रेजीको विषयगत शिक्षकको व्यवस्थापन गर्नुपर्ने समेत सुझाएको छ ।

सो प्रतिवेदनले ११४५ धार्मिक विद्यालय तथा २६ हजार ४५४ विद्यालयमा सिकाइका नयूनतम पूर्वाधारहरू पूरागनुपर्ने उल्लेख गरेको छ ।

उक्त प्रतिवेदनले ७० लाख ९२ हजार ९४९ विद्यार्थीको लागि कक्षागत शिक्षक तथा निःशुल्क पाठ्यपुस्तकको व्यवस्थापन गर्नु पर्ने, प्रति विद्यालय एक जना खरिदार सरहको कर्मचारी र माध्यमिक विद्यालयमा थप एक जना नायब सुव्वा सरहको कर्मचारी व्यवस्थापन गर्न सुझाएको छ ।।

उक्त प्रतिवेदनमा कक्षा ८ सम्म अध्ययनरत ५३ लाख विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्नुपर्ने र ३६ हजार ५३१ बालविकास केन्द्रका बालविकासका शिक्षकहरूलाई प्राथमिक तृतीय सरहको सेवा सुविधाको व्यवस्था गर्न र प्रत्येक वालविकास केन्द्रमा सहायक शिक्षकको व्यवस्था गर्न सुझएको छ ।

यस्ता छन् निवर्तमान शिक्षा मन्त्रीका प्रगति र उपलब्धि

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले यो कार्यकालको लगभग अन्तिम चरणमा पुगेपछि आफ्नो प्रगति प्रतिवेदन सार्वजनिक गरेका छन् ।निवर्तमान मन्त्री पौडेलले २०७८ असोज २२ गते पद वहालीपश्चात

शिक्षा, विज्ञान तथा प्रविधिका क्षेत्रमा आफूले गरेका काम भन्दै विभिन्न शीर्षकमा १९ बुँदा प्रगति र उपलब्धि सार्वजनिक गरेका छन् । मन्त्री पौडेलले शिक्षाका विभिन्न योजनादेखि लिएर आवधिक योजनाको फेहरिस्त सार्वजनिक गरेका हुन् ।

सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समावेश भएका कार्यक्रमहरू र स्वीकृत कार्ययोजनाको आधारमा हालसम्म भएगरेका कार्यको उनले बुँदागत रुपमा हासिल भएका मुख्य मुख्य उपलब्धिहरू सार्वजनिक गरेका हुन् ।

जसमा सुदूरपश्चिम प्रदेशमा विश्वविद्यालयस्तरको मेडिकल कलेज स्थापनाको लागि गेटा मेडिकल कलेजको भौतिक पूर्वाधार निर्माण, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय ऐन, २०७९ जारी भएको, मकवानपुर जिल्लाको चित्लाङमा विश्वविद्यालयको पूर्वाधार निर्माणको कार्य अन्तिम चरणमा रहेको उल्लेख गरेका छन् ।

आर्थिक वर्ष २०७९/०८० मा थप १८ वटा गरी हालसम्म ८२ वटा उच्च शैक्षिक संस्थालाई गुणस्तर सुनिश्चतता तथा प्रत्यायन प्रमाणपत्र प्रदान गरिएको विषय उनले आफ्नो प्रगति विवरणमा उल्लेख गरेका छन् ।

उनले १५ वर्षे दीर्घकालीन लक्ष्यसहितको शिक्षाको सोचपत्र २०७९ जारी, आर्थिक वर्ष २०७८–०७९ मा थप २० स्थानीय तहमा प्राविधिक धारको शिक्षा विस्तार गरी कुल ६५५ वटा स्थानीय तहमा प्राविधिक शिक्षाको पहुँच पुर्याइएको उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *