माधवलाई भेटेर बामदेवले किन भने ? ‘…. ठूलाे भुल हुनेछ’

काठमाडौं। नेपालका कम्युनिष्ट पार्टी (एकता राष्ट्रिय अभियान) का अध्यक्ष बामदेव गौतमले वर्तमान सत्ता गठबन्धनमा सहभागी हुन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई सुझाव दिएका छन् ।

मंगलबार समाजवादी पार्टी कार्यालय तीनकुनेमा नेपालसंग छलफल गर्दै नेता गौतमले कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्नका लागि अहिलेको सरकारमा सहभागी हुन अध्यक्ष नेपाललाई सुझाव दिएका हुन् ।

छलफलपछि गौतमले माओवादीले एमालेसंग मिलेर सरकार बनाएको अवस्थामा नेकपा समाजवादी सरकारमा सहभागी हुनुपर्ने र सहभागी हुन नसके गम्भीर भुल हुने जिकिर गरे ।

प्रचण्डले समाजवादीसंग सम्मानजनक छलफल नगरि एक्लै एमालेसंग मिल्न जानु आलोचनाको बिषय भएको गौतमको भनाई छ ।

उनले प्रचण्डले नेपाललाई बोलाएर सरकारमा लैजानुपर्ने जिकिर गरे । गौतमले नेपाल कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गराउनका लागि जस्तोसुकै त्याग गर्न पनि तयार हुने निष्कर्ष निकालिएको जानकारी दिए ।

छलफलका क्रममा अध्यक्ष नेपालले पछिल्लो घटनाक्रमका बिषयमा पार्टीमा छलफल भइरहेको र आवश्यक निष्कर्ष निकालिने बताएका थिए ।

सरकारको मुख्य एजेण्डा आर्थिक विकास : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको मुख्य एजेण्डा नै आर्थिक विकास रहेको बताएका छन् ।

ललितपुरको खुमलटारस्थित दाहाल निवासमा आज उद्योग वाणिज्य सङ्घ चितवनका पदाधिकारीले गरेको भेटघाटका क्रममा प्रधानमन्त्री दाहालले कृषि, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रको विकास गर्दै समग्रमा मुलुकलाई आर्थिक समृद्धितर्फ अघि बढाउने योजना सरकारको रहेको जानकारी गराए ।

सो क्रमममा व्यवसायीले देशको आर्थिकमन्दीलाई सुधार गर्नुपर्नेतर्फ प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएको सङ्घका अध्यक्ष चुननारायण श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री दाहालसामु चितवनको नारायणगढ बजार क्षेत्रमा हालै सडक विस्तारका क्रममा घर भत्काइएको विषयका साथै चितवनको कृषि, पर्यटन, स्वास्थ्य, शिक्षाको विकासमा पनि गम्भीर ध्यानाकर्षण गराएको अध्यक्ष श्रेष्ठले बताए ।

प्रधानमन्त्रीसँगको भेटमा संघका निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ र सदस्य राजन पियाको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *