प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओलीबीच खुमलटारमा, बोलाइयो माधव नेपाललाई पनि

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहालको निजी निवास खुमलटार पुगेका छन्। प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि ओली पहिलो पटक खुमलटार पुगेका हुन्।

खुमलटारमा प्रचण्ड र ओलीबीच सत्ता सहकार्य, भागबण्डा र आगामी यात्राको बारेमा छलफल हुनेछ। ओली र प्रचण्डबीचको खुमलटार भेटमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई पनि बोलाइएको छ।

प्रधानमन्त्री प्रचण्डले आज बिहान नेपालसँग भेटवार्ता गरेका थिए। ललितपुरको हात्तिवनमा भएको भेटवार्तामा प्रचण्डले सरकारलाई समर्थनबारे प्रस्ताव राखेको नेपालले बताए।

‘उहाँले वर्तमान समीकरण र सरकारबारे मेरो धारणा माग गर्नुभयो। मैले यो सरकारलाई नकरात्मक दृष्टिकोणले हेर्नुपर्ने कुनै कारण नरहेको बताएँ,’ उनले भने।

अध्यक्ष नेपालले सरकारलाई हेर्ने नजर नकरात्मक नभएको बताएपछि समर्थनका लागि ढिलाइ नगर्न प्रचण्डले आग्रह गरेका थिए। ‘सरकारलाई हेर्ने नजर सकारात्मक हो भने मलाईं समर्थन गर्नुस्। हतारमा मैले तपाईंलाई खबर गर्न सकिनँ यसलाई मनमा नलिनुस्,’ प्रधानमन्त्री प्रचण्डले अध्यक्ष नेपालसँग भने।

उक्त भेटमा प्रचण्डले गत पुस १० गते बालुवाटारबाट बाहिरिने क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासको छलफलमा जाऔं नभन्नु आफ्नो गल्ती भएकोसमेत बताएका थिए।

लुम्बिनीमा पुस १६ गते स्थायी राजधानीमा शपथग्रहण

लुम्बिनी प्रदेशसभा सदस्यको शपथग्रहण पुस १६ गते स्थायी राजधानीमा गरिने भएको छ। प्रदेश मन्त्रिपरिषद्को बुधबार सम्पन्न बैठकले पुस १६ गते दिउँसो १ बजे नवनिर्मित प्रदेशसभा भवनमा

शपथ ग्रहण समारोह आयोजना गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता तथा आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री तिलकराम शर्माले जानकारी दिए।

यस्तै, प्रदेशको पहिलो अधिवेशन पुस १८ गते आह्वान गर्ने निर्णय भएको छ। मन्त्रीपरिषद्को निर्णय प्रदेश प्रमुखलाई जानकारी दिन प्रमुख सचिव डाक्टर दीपक काफ्ले प्रदेश प्रमुखको कार्यालय पुगेका छन्।

मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले लुम्बिनी प्राविधिक विश्वविद्यालयको विनियम स्वीकृत गर्ने, पूर्व नवलपरासीमा स्वागतद्वारा निर्माण गर्न स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *