सुपर माई हाइड्रोको आईपीओ छुट्ला, सेयर भर्ने आज अन्तिम दिन

काठमाडाैं । सुपर माई हाइड्रोपावर लिमिटेडले मंसिर २१ गतेदेखि स्थानीय बासिन्दाहरुका लागि निष्कासन तथा बिक्री खुला आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेकाे छ ।

कम्पनीले आफ्नो जारी पूँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु (अति प्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिका (बरबोटे) ५, सुम्बेक २ र माईजोगमाई गाँउपालिका ५ सोयाँङ्गका स्थानिय बासिन्दाहरुका लागि ४० प्रतिशत

अर्थात २ लाख कित्ता र आयोजना प्रभावित क्षेत्र बाहेक इलाम जिल्लाको अन्य क्षेत्रमा बसोवास गर्ने स्थानिय बासिन्दाहरुको लागि ६० प्रतिशत अर्थात ३ लाख कित्ता सेयर बाँडफाँट गरिनेछ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले गुडविल फाइनान्स, माछापुच्छ्रे बैंक, सानिमा बैंकका तोकिएका शाखा कार्यालय र सुपरमाई हाइड्रोपावर लिमिटेडको कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

प्रि ओपन सेसन अपडेटः करिब ८ अंक बढ्यो नेप्से

बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ८ अंक बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत मंगलबार ५९.८७ अंक बढेर १९८३.९५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ७.८५ अंक बढेर १९९१.८० विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने २.०६ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा २८ स्टकको १३ लाख १३ हजार ६१२ रुपैयाँ ६० पैसा बराबरको ३ हजार ६८२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २२ स्टकको मूल्य बढेको छ भने १ स्टकको मूल्य घटेको छ। बाँकी ५ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *