बिना अनुमति सुरक्षा अधिकारीहरुले नेतालाई भेट्न नपाउने

काठमाडौं। गृह मन्त्रालयले सुरक्षा निकायका अधिकारीहरुलाई मनोमानी रुपमा दलका नेताहरुसँग भेट्न रोक लगाएको छ । गृहमन्त्रालयले विज्ञप्ति जारी गर्दै सुरक्षा निकायका पदाधिकारीहरुले राजनीतिक दलका नेताहरुसँग भेट्नुपरेमा स्वीकृति लिनुपर्ने जनाएको छ ।

गृहका प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा कसैलाई भेट्नुपर्ने भए विभागीय स्वीकृति लिएर मात्र भेट्नुपर्ने उल्लेख गरिएको छ । गृहको निर्देशन विपरित कार्य गरेको पाइएमा अनुशासन कारबाही हुने चेतावनी पनि मन्त्रालयले दिएको छ ।

पाँच दिनभित्र न्यूनतम साझा कार्यक्रम ल्याउने सत्ता गठबन्धनको निर्णय

बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले पाँच दिनभित्र न्यूनतम साझा कार्यक्रम ल्याउने निर्णय गरेको छ ।

बिहीबार बिहान प्रधानमन्त्री निवासमा बसेको बैठकमा सरकारको उद्देश्य प्राप्तिका लागि न्यूनतम साझा कार्यक्रम बनाउने सहमति भएको उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले जानकारी दिए ।

यस्तै, बैठकले न्यूनतम् साझा कार्यक्रमको ड्राफ्ट तय गर्न कार्यदल गठन गर्दै कार्यदलको संयोजक एमाले अध्यक्ष केपी शर्मा ओलीलाई तोकेको छ । सरकारमा रहेका दलहरूबाट एकरएक जना सदस्यहरु कार्यदलमा पठाउने लामिछानेले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *