बालेनले मागे रवि लामिछानेसँग सहयोग

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले उप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसँग सहयोग मागेका छन् । महानगरले थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन सहयोग मागेको हो ।

अतिक्रमण गरी निर्माण भएका अनधिकृत संरचनाहरू हटाउने कार्य अभियानकै रूपमा अगाडि बढाउनु पर्ने देखिएको र त्यसका गृहमन्त्रालयमार्फत सम्बन्धित जिल्ला प्रशासन तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन एवं समन्वय गरिदिन महानगरपालिकाले गृहमन्त्रालयलाई पत्रमार्फत आग्रह गरेको छ ।

गत मंसिर १२ गते सुकुम्बासी बस्ती हटाउन पुगेको महानगरपालिकाको टोलीलाई स्थानीयले आक्रमण गरेका थिए ।सुकुम्बासीको आक्रमणमा परेर नगरप्रहरी प्रमुख राजु पाण्डेसहित ३६ जना भन्दा धेरै नगरप्रहरी घाइते भएका थिए ।

गृहमन्त्री रविले लिएनन् पिर्के सलामी

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने बिहीबार निजी निवासबाट सरकारी निवासमा सरेका छन् ।

मन्त्री लामिछाने हरिहरभवनस्थित सरकारी निवासमा सरेका हुन् । निवास प्रवेशका क्रममा सेनाको एक टुकडीले गृहमन्त्री लामिछानेलाई सलामी दिएको थियो ।

रविको सलामीमा यसअघिका तथा अन्य मन्त्रीहरुको भन्दा केहि फरक दृश्य देखियो । सलामी अर्पणका क्रममा मन्त्रीहरुले पिर्का माथि उभिएर सलामी लिने गरेका थिए ।

तर, रविले भने पिर्कामाथि उभिएर सलामी लिएनन् । उनले पहिलै पिर्का नराख्न अनुरोध गरेका थिए । उनले भुईँमा उभिएरै सलामी लिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *