सङ्कटमा सतिसाल झैं उभिने कमरेडहरूको भावना विपरीत कुनै निर्णय हुनेछैन्ः एमाले नेता ज्ञवाली

काठमाडौं। सत्तारुढ नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सङ्कटमा सतिसाल झैं उभिने पार्टीका नेता, कार्यकर्ता एवं शुभचिन्तकहरुको भावना विपरीत कुनै पनि निर्णय नहुने स्पष्ट पारेका छन् ।

पछिल्लो विकसित राजनीतिक घटनाक्रमलाई संकेत गर्दै नेता ज्ञवालीले पार्टीका कार्यकर्ता एवं शुभचिन्तकहरुको भावना विपरीत कुनै निर्णय नहुने बताएका हुन् ।

शुक्रबार बिहान सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनले विगतमा पार्टीभित्र र बाहिरबाट सिर्जित घेराबन्दीको घटना स्मरण रहेको र त्यसलाई बिर्सन नसकिने उल्लेख गरेका छन् ।

उपमहासचिव ज्ञवालीले भनेका छन्ः

चलिरहेको छलफल सरकारको समर्थन-दायरा विस्तार गर्नमा सीमित छ । बाँकी चर्चा हल्ला मात्र हुन् । पार्टीभित्र र बाहिरबाट सिर्जित घेराबन्दी तोडेर आन्दोलन यहाँसम्म आइपुगेको हो । सङ्कटमा सतिसाल झैं उभिने कमरेडहरूको भावना विपरीत कुनै निर्णय हुनेछैन। केही घटना यस्ता हुन्छन्, जसलाई बिर्सन सकिँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *